आयोनिक ५ लाई ‘कार अफ दि इयर’ र हिमालयन ४५० लाई ‘बाइक अफ दि इयर’ अवार्ड

अटो कार अवार्ड–२०२४ मा हुन्डाई आयोनिक ५ ले ‘कार अफ दि इयर’ र रोयल इन्फिल्ड हिमालयनले ‘बाइक अफ दि इयर’ अवार्ड हात पारेका छन् । भारतको मुम्वईमा अयोजना भएको कार्यक्रममा हुन्डाईको इलेक्ट्रिक कारले ‘कार अफ दि इयर’ सहित ‘ईभी अफ दि इयर’ अवार्ड समेत पाएको हो । यसैगरी रोयल इन्फिल्ड हिमालयन ४५० ले भ्युअर्स च्वाईस बाइक अफ दि इयर अवार्ड समेत हात पारेको छ ।

सो अवार्डका लागी १६ वटा कार र ११ वटा वाइक छनोट भएका थिए । आयोनिक ५ ले हुन्डाईकै एक्स्टर तथा भर्ना, मारुती सुजुकीको फ्रङ्क्स तथा जिम्नी र सिट्रोन सी३ एयरक्रसलाई पछि पार्दै सो टाइटल हात पारेको हो । यसैगरी वाइकतर्फ ट्रायम्फ स्पिड ४००, केटिएम ड्यूक ३९०, रोयल इन्फिल्ड क्लासिक ३५० र हार्ले डेभिड्सन एक्स ४४० लाई पछि पार्दै हिमालयन ४५० ले उक्त अवार्ड हात पार्न सफल भयो ।

अन्य विधामा बीएमडब्लू आई७ ले लक्जरी ‘ईभी अफ दि इयर’ अवार्ड हात पारेको छ भने एमजी कोमेटलाई पछि पार्दै सिट्रोन ईसी३ ले ‘ह्याचब्याक अफ दि इयर’ अवार्ड पाएको छ । हुन्डाई एक्स्टरले ‘कम्प्याक्ट एसयूभी अफ दि इयर’ अवार्ड पाउँदा टोयोटा इन्नोभा हाइक्रसले ‘एमपीभी अफ दि इयर’ अवार्ड पाएको छ । साथै हिरो जुमले ‘स्कुटर अफ दि इयर’ अवार्ड पाएको छ ।

बिभिन्न बिधामा अवार्ड पाएका मध्ये हुन्डाई आयोनिक ५ र सिट्रोन ईसी३ नेपाली बजारमा समेत उपलब्ध छ । हिमालयन ४५० र हुन्डाई एक्स्टर नेपाली बजारम लन्च हुने तयारीमा छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाई मोटर्सका टेक्निकल प्रमुख भन्छन्–अब कसैलाई पनि म्यानुअल गियरबक्स चाहिदैन

हुन्डाई मोटर्सका टेक्निकल प्रमुख भन्छन्–अब कसैलाई पनि म्यानुअल गियरबक्स चाहिदैन

अटोमोबाईल क्षेत्रमा भइरहेको नयाँ प्रबिधिको विकासले कुनै समय सर्बाधिक...

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हून्डाईको सानो एसयुभी एक्स्टर लन्च भएको छोटो समयमै राम्रो संख्यामा वुकिङ...

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...