लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।

आजको नेपाल समाचारपत्रमा प्रकाशित समाचार अनुसार विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ।

स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ।

विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको छ। आईटी शाखामा अनुभवी कर्मचारीलाई हटाएर सिकारुलाई राखिएको छ।

राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि यो धन्दा रोक्न नसकेपछि उनमाथि समेत आशंका सिर्जना भएको छ।

सवारी लाइसेन्सका लागि काम गर्ने बिचौलियाहरूले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख २५ हजार रुपियाँसम्म असुलेर यस्तो काम गरेको र सो रकम माथिसम्ममा नै पुग्ने गरेको स्रोतको दाबी छ। 

योमरी नामक कम्पनीले बनाएको पुरानो रेकर्ड सिस्टम (डीएल) विभाग तथा कार्यालयबाट हेर्न नसक्ने बनाएर पुरानो सिस्टमको रेकर्ड विभागकै कन्सल्टेन्सीका सविन श्रेष्ठमार्फत डाटाबेसमा पुरानो मिति राखेर लाइसेन्स जारी गर्ने गरिएको छ।

जसअनुसार २०७०/७१ को मिति राखेर लुम्बिनी, पोखरा, नारायणी र भेरीको लाइसेन्स नम्बर राखी इन्ट्री गर्ने कार्य भएको र सोहीको आधारमा नवीकरण गरी नयाँ कार्यालयहरु पाल्पा, कावासोती, नवलपरासी, चितवनबाट नवीकरणको राजस्व तिरी नवीकरण गरेको देखाई लिखित, ट्रायल परीक्षाबिना नै लाइसेन्स बनाउने काम गरिएको पाइएको हो।

सम्बन्धित समाचारहरू

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्स आवेदन खुल्ने

काठमाडौं – यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र...

ट्रायल दिदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

ट्रायल दिदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

काठमाडौं – राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने...

सर्भर डाउन भएपछि यातायात कार्यलयमा अनलाइनमार्फत हुने सबै काम ठप्प

सर्भर डाउन भएपछि यातायात कार्यलयमा अनलाइनमार्फत हुने सबै काम ठप्प

यातायात व्यवस्था बिभागको सर्भरमा समस्या आएपछि अनलाइन मार्फत हुने सबै काम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...