टेस्लाले गुजरातमा कार म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने, एलन मस्क पनि भारत आउने

टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना गर्ने भएको छ । रिपोर्टका अनुसार यसको आधिकारिक घोषणा जनवरी २०२४ मा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा हुने अपेक्षा गरिएको छ ।

रिपोर्टका अनुसार गुजरातमा टेस्ला प्लान्ट स्थापना गर्ने घोषणा कम्पनीका सीईओ एलन मस्कको उपस्थितिमा गरिनेछ । कम्पनीलाई अर्को वर्षदेखि भारतमा इलेक्ट्रिक कार आयात गर्न र दुई वर्षभित्र म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्न अनुमति दिइनेछ ।

गुजरातको रणनीतिक स्थान र व्यापारिक वातावरणले टेस्लालाई आकर्षण गरेको अनुमान छ । यद्यपि प्रदेश सरकारले प्लान्टको स्थानका लागि सानन्द, ढोलेरा र बेचराजीलाई विकल्पको रूपमा प्रस्तुत गरेको थियो । टेस्लाले गुजरात प्लान्टबाट आन्तरिक र अन्तर्राष्ट्रिय माग पूरा गर्ने लक्ष्य राखेको छ । गुजरातमा पहिले देखि नै मारुती सुजुकी, टाटा मोटर्स र एमजीको म्यानुफ्याक्चरिङ प्लान्ट रहेको छ ।

प्रदेश सरकारले टेस्लालाई कार निर्यात गर्न लगभग १५ देखि २० प्रतिशत शुल्कमा पूर्ण रूपमा निर्मित कार आयात गर्न अनुमति दिन सक्ने अनुमान गरिएको छ । तर यो टेस्लाले भारतमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने कुरामा निर्भर हुनेछ । टेस्लाले सो शर्त पूरा गर्न असफल भयो भने, भारतले कम्पनीको अन्य शुल्कका लागि पनि ठोस कदम चाल्नेछ ।

रिपोर्टका अनुसार टेस्लाले भारतमा नयाँ प्लान्टका लागि सुरुमा करिब २ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । कम्पनीले भारतबाट १५ अर्ब डलर बराबरको अटो पार्ट्स खरिद गर्ने योजना पनि बनाएको छ । कम्पनीले लागत कम गर्न भारतमा केही ब्याट्री उत्पादन गर्ने विचार गरिरहेको छ ।

यही वर्ष जुनमा टेस्लाका सीईओ एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यूयोर्कमा भेटेका थिए । यस बैठकपछि मस्कले ‘भारतसँग विश्वका कुनै पनि ठूला देशभन्दा धेरै सम्भावनाहरू छन् । म भारतको भविष्यलाई लिएर उत्साहित छु र म मोदीको फ्यान हुँ । यो एक राम्रो बैठक थियो ।’ भन्दै ट्विट गरेका थिए ।

सम्बन्धित समाचारहरू

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...

सम्भवतः नेपालकै पहिलो घटना – इलेक्ट्रिक ट्याक्सीमै जन्मियो शिशु

सम्भवतः नेपालकै पहिलो घटना – इलेक्ट्रिक ट्याक्सीमै जन्मियो शिशु

काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको...

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...