ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार

चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी) को विश्व बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । चीनको बेइजिङमा चलिरहेको स्ट्राइड लन्च इभेन्टमा कम्पनीको पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरिएको छ ।

यसका साथमा आगामी दिनमा विश्वकै टप ५ अटोमेकर बन्ने कम्पनीको चाहनालाई पनि स्पष्ट गरेको छ । सो इभेन्टमा बोल्दै शाओमीका फाउन्डर लेई जुनले आगामी १५ देखि २० वर्ष भित्रमा कठिन परिश्रम गर्दै विश्वकै टप ५ अटोमेकर बन्ने र चीनको अटोमोबाइल उद्योगलाई एक कदम अगाडि बढाउने बताए ।

शाओमी ब्रान्डमा उपलब्ध हुने पहिलो मोडल एसयू७ हुनेछ । चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीएआईसीले यसको उत्पादन गर्नेछ । कुपे स्टाइलको सो इलेक्ट्रिक सेडान कम्पनीको लोकप्रिय स्मार्टफोन ब्रान्ड एमआई जस्तै नेममा उपलब्ध हुनेछ र यो एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

अटोनोमस ड्राइभिङ क्षमता कम्पनीको सबैभन्दा महत्वपूर्ण विशेषता हुनेछ । यस अनुसार एसयू७ मा सेल्फ पार्किङ, एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता लिडार बेस्ड अटोनोमस ड्राइभिङ फिचर हुनेछ भने शाओमीको हाइपर ओएस अपरेटिङ सिस्टममा यो चल्ने छ ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४,९९७, १,९६३ र १४४० एमएम हुनेछ भने ह्विलबेस ३,००० एमएम हुनेछ । शाओमी एसयू७ मा २२० र ४९५ किलोवाट मोटर गरी दुई अप्सन हुनेछ । त्यसैगरी यसको इन्ट्री लेवलमा बीवाईडीको एलएफपी ब्याट्री र टप भेरिएन्टमा क्याटलको ब्याट्री प्याक उपलब्ध हुनेछ ।

यसको अनुमानित रेन्ज ८०० किलोमिटर सम्म हुने बताइएको छ । यद्यपि यसको औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । त्यसैगरी मूल्य पनि अहिले सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

चितवन । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु...

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

हाल नेपालमा इन्जिन भएका सवारी साधनलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्ने...

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको नयाँ इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । ८ महिनाअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...