ई२० इन्धनका कारण गाडीमा क्षति, सुजुकीलाई ग्रान्ड भिटारा साट्न वा पुरै मुल्य फिर्ता गर्न अदालतको आदेश
काठमाडौँ–छिमेकी मुलुक भारतमा इथानोल मिसिएको पेट्रोल (ई२० फ्युल) का कारण...
कुनै समय डब्बा गाडी भनेर खिल्ली उडाइएको मारुती सुजुकी वागनआर आज बिक्रीको मामिलामा सबैभन्दा अब्बल सावित भएको छ । सो कारले लाखौं मध्यमवर्गीय परिवारको सस्तोमा कार किन्ने सपना साकार पारेको छ । उत्कृष्ट माइलेज, कम्फर्ट र इन्जिनका कारण सो कार निकै नै लोकप्रिय बनेको छ ।
मारुती सुजुकी वागनआरको पहिलो जेनेरेशनको मोडल सन् १९९८ मा भारतमा लन्च भएको थियो । हालसम्म सो कारमा धेरै अपडेट र सुधारहरू भइसकेको छ । साथै, यसको डिजाइन र लुक पनि पहिलेको तुलनामा धेरै आकर्षक बनेको छ । हाल सो ५–सीटर ह्याचब्याक कार सानो परिवारको लागि उत्तम कार भएको छ ।
ग्लोबल एनसीएपीले वागनआरलाई सुरक्षाको मामिलामा धेरै अब्बल सावित नगरे पनि बिक्रीमा भने सो कार अघि नै छ । सो कार भारतमा नोभेम्बर २०२३ मा १६ हजार ५६७ युनिट, सेप्टेम्बरमा १६ हजार २५० युनिट र अक्टुबरमा २२ हजार ८० युनिट बिक्री भएको थियो । नेपालमा पनि यसको राम्रो बजार छ ।
कम्पनीले वायनआरको बेस मोडलमा १.० लिटर के–सिरिज इन्जिन उपलब्ध गराएको छ भने शीर्ष मोडलमा १.२ लिटर इन्जिन समावेश गरिएको छ । यसको १.२ लिटर पेट्रोल इन्जिनले ८८.५ बीएचपी पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । वागनआरको पेट्रोल इन्जिनले २५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
वागनआरमा ७ इन्चको टचस्क्रिन डिस्प्ले, ४–स्पिकर म्युजिक सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल र स्मार्टफोन नेभिगेसन जस्ता फिचरहरू छन् । यात्रुको सुरक्षाका लागि ड्युअल फ्रन्ट एयरब्याग, एबीएससहित ईबीडी, रियर पार्किङ सेन्सर र हिल होल्ड असिस्ट (एएमटी भेरियन्टमा मात्र) जस्ता फिचरहरू उपलब्ध गराइएको छ ।
नेपाली बजारमा वागनआर विभिन्न दुई भेरिएन्टका तीन मोडलमा उपलब्ध छ । १.० लिटरको वागनआरको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ भने १.२ लिटर जेडएक्सआईको मूल्य ३१ लाख ९९ हजार र जेडएक्सआई प्लसको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ छ ।
वागनआरले मारुती सुजुकीकै सेलेरियो, टाटा टियागो र सिट्रोएन सी ३ जस्ता कारसँग प्रतिस्पर्धा गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...