दुई दिन पछि सार्वजनिक हुँदै शाओमीको पहिलो इलेक्ट्रिक कारको विवरण, कौतुहलता बढ्दै

चाइनिज टेक कम्पनी शाओमीको टेक्नोलोजी इभेन्ट ‘स्ट्राइड’ आगामी डिसेम्बर २८ मा हुने भएको छ । सो इभेन्टमा शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ सार्वजनिक गर्नेछ ।

शाओमीका सीईओ तथा संस्थापक लेई जुनले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्ट गरेर यसको जानकारी दिएका छन् । शेयर गरिएको पोस्टरमा कारको च्यासिस देखाइएको छ । यसको माथि प्रमुख रुपमा लेखिएको छ, जसको संकेत हाल बजारमा प्रचलित टेस्ला र बीवाईडी जस्ता कम्पनीलाई टक्कर दिने संकेत भएको मानिएको छ ।

शाओमीले धेरै वर्षको प्रयास पश्चात ईभी उद्योगमा कदम राख्दैछ । यसका लागि ३ हजार ४ सय भन्दा धेरै इन्जिनियर र लगभग डेढ अर्ब डलरको लगानी भएको छ ।

शाओमीले बजारमा ल्याउने अल–इलेक्ट्रिक सेडान एसयू७ लाई पहिलो पटक गत नोभेम्बर १७ मा सार्वजनिक गरेको थियो । यसको उत्पादन बीएआईसीको प्लान्टमा गरिने छ र यसमा एमआई ब्रान्डिङ हुनेछ । सो कार एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । विश्व बजारमा यसको प्रतिस्पर्धा बीएमडब्ल्यु आई४, बीवाईडी सिल र टेस्ला मोडल ३ जस्ता कारसँग हुनेछ ।

शाओमीको सो कारमा सेल्फ ड्राइभिङका लागि लिडार टेक्निक हुने बताइएको छ । त्यसैगरी सेन्ट्रल कन्ट्रोल डिस्प्ले, थ्री–स्पोक स्टेयरिङ ह्विल र बी–पिलर क्यामेराका साथ फेस रिकग्निसन अनलकिङ जस्ता फिचर उपलब्ध हुनेछ ।

यसको फ्रन्ट डिजाइन नयाँ म्याकलरेनबाट प्रभावित छ । यसको पछिल्लो भागमा स्लिम र्याप अराउन्ड टेललाइट हुनेछ भने दुवैतिर जोड्नका लागि एक लाइट बार हुनेछ ।

शाओमी एसयू७ मा २२० र ४९५ किलोवाट मोटर गरी दुई अप्सन हुनेछ । त्यसैगरी यसको इन्ट्री लेवलमा बीवाईडीको एलएफपी ब्याट्री र टप भेरिएन्टमा क्याटलको ब्याट्री प्याक उपलब्ध हुनेछ । यद्यपि यसको क्षमता र रेन्जको वारेमा भने अझै खुलासा गरिएको छैन । यसको इन्टेरियरको वारेमा पनि अझै सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...

मलेसियन ब्रान्ड पेरोडुवाले लन्च ग-यो आफ्नै ईभी, यस्तो छ विशेषता

मलेसियन ब्रान्ड पेरोडुवाले लन्च ग-यो आफ्नै ईभी, यस्तो छ विशेषता

मलेसियन कार निर्माता कम्पनी पेरोडुवाले पहिलो ब्याट्री इलेक्ट्रिक सवारी...

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...