बिना धितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले बिना धितो ८० प्रतिशत सम्मको फाइनान्समा दोस्त सिरिजको पिकअप उपलब्ध गराउने बताएको छ ।

यस अन्तर्गत बिना धितो कुनै पनि दोस्त सिरिजको गाडी ८० प्रतिशत सम्मको फाइनान्स सुविधामा खरिद गर्न सकिने छ । सुलभ ब्याजदरमा प्राप्त हुने सो सुविधामा ग्राहकले विभिन्न सुविधा समेत प्राप्त गर्न सक्ने छन् ।

हाल ड्राइभिङ पेशामा संलग्न रहेका, तर आफ्नो कार्यबाट सन्तुष्ट नभएका र आफ्नै व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई लक्ष्यित गरेर यो योजना ल्याइएको हो । कम्पनीले पहिले देखि नै उपलब्ध गराइरहेको ‘गुरुजीबाट साहुजी’ योजनालाई अझै परिस्कृत गरेर निरन्तरता दिइरहेको बताएको छ ।

त्यसैगरी विदेशबाट फर्केका र आफैले केही व्यवसाय गर्न चाहनेहरुका लागि पनि यो योजना लाभदायक हुनेछ । कुनै कारणबस जागिर छुटेको र आफै केही गर्न चाहने तथा हाल भइरहेको आफ्नो व्यवसायलाई विस्तार गर्न चाहनेहरुका लागि समेत यो योजना लाभदायक हुनेछ ।

दोस्त एलसीभी नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो र धेरै माइलेज दिने एलसीभी भएको कम्पनीको दाबी छ । देशभर रहेका आधिकारिक वर्कशप आउटलेटमार्फत बलियो ग्राहक सेवा प्रदान गर्दै आइरहेको अशोक लेल्यान्ड गाडीका पार्ट्स पनि सहजताका साथ पाउन सकिन्छ ।

अशोक लेल्यान्डका गाडीहरुमा हाल ५ वर्षको वारेन्टी उपलब्ध रहेको छ । यो सम्भवतः अटोमोबाइल क्षेत्रकै सबैभन्दा धेरै वर्षको वारेन्टी भएको कम्पनीको दाबी छ । ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउनको ५ वर्षको वारेन्टी घोषणा गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...

अशोक लेल्याण्डको शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा

अशोक लेल्याण्डको शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा

काठमाडौं– अशोक लेल्याण्डले आफ्नो शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा...

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...