निसान किक्स बन्न सक्छ दशैंको गाडी : फेस्टिभ ड्राइभ अफरमा लिन सकिन्छ यसरी
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ एक्स–ट्रेल सार्बजनिक गरेको छ । शुक्रबार थापथलीस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले चर्चित ७ सिटर एसयूभी एक्स–ट्रेलको चौथो जेनेरेशन सार्बजनिक गरेको हो ।
सुरुवाती मूल्य १ करोड ८७ लाख निर्धारण गरिएको सो नयाँ एसयूभीमा उन्नत प्रबिधी र आधुनिक डिजाइन पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ एक्स–ट्रेलमा ट्विन मोटर, ई–फोर्स अल ह्विल ड्राइभ सिस्टम, आकर्षक एक्सटेरियर एबं इन्टेरियर डिजाइन र परिष्कृत सुरक्षा जस्ता विशेषता पाउन सकिन्छ ।
नयाँ एक्स–ट्रेल ई–पावरले ईभी ड्राइभको अनुभव दिने पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिप सारडाले बताए । उनले भने, ‘पेट्रोल इन्जिन ब्याकअप भएको ईलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्बजनिक गर्न पाउँदा हामी खुसी छौ । आरामदायी र बहुउपयोगी एसयूभी चाहने ग्राहकका लागि नयाँ एक्सट्रेल उत्कृष्ट छनोट हुनेछ ।’
दक्षिण एसियाको एक महत्वपूर्ण बजार नेपालमा नयाँ एक्स–ट्रेल ई–पावर लन्च गर्न पाउँदा खुसी लागेको निसानमोटर्सका दक्षिण एसिया विजनेश प्रमुख रघुनाथ नैरले बताए । उनका अनुसार यो नयाँ एसयूीभले ईभी जस्तै ड्राइभ अनुभव प्रदान गर्नेछ ।
निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित...
नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...
भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...