नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर बनेको छ ।

हुन्डाई एक्सटरले मारुती सुजुकी जिम्नी, होन्डा एलिभेट र टोयोटा इनोभा हाइक्रसलाई पछि पार्दै सो अवार्ड हात पारेको हो । प्रतिस्पर्धामा यो वर्ष लन्च भएका सिट्रोन सी३ एयरक्रस, हुन्डाई भरना, महिन्द्रा एक्सयूभी ४०० र एमजी कोमेट लगायतका सवारी साधन संलग्न थिए ।

त्यसैगरी बीएमडब्ल्यु ७ सिरिजले प्रिमियम कार अफ द इयर अवार्ड पाएको छ भने हुन्डाई आयोनिक ५ ले ग्रिन कार अफ द इयर अवार्ड पाएको छ ।

अटोमोबाइलसँग सम्बद्ध व्यावसायिक पत्रकारहरु संलग्न जुरीद्वारा छनोट गरिने यो अवार्ड प्रतिष्ठित मानिन्छ ।

नेपाली बजारमा हुन्डाई एक्सटर भने बिक्रीका लागि उपलब्ध भइसकेको छैन । गत भदौमा सम्पन्न नाडा अटो शोमा नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो गाडी प्रदर्शन गरेको थियो र बुकिङ पनि प्रारम्भ गरेको थियो ।

आगामी नयाँ वर्ष २०२४ पश्चात यो गाडी पनि नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा भारतमा लन्च गरेको छ । सो...

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...