निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान किक्स एसयूभी किन्ने ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।

क्रिसमस र नयाँ वर्ष दुवैलाई लक्ष्यित गरी ल्याइएको सो अफर आगामी जनवरी ११ सम्म गाडी किन्ने ग्राहकका लागि लागू हुनेछ । यस अनुसार निसान किक्सका ग्राहकले ४ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने बेनेली १८०एस बाइक पाउने छन् ।

निसान किक्सको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ । दुई भेरिएन्टमा उपलब्ध यसको अर्को मोडलको मूल्य ५४ लाख ४९ हजार रुपैयाँ छ । यी दुवै १४९८ सीसीका हुन् ।

निसान किक्स किन्दा ३ वर्ष सम्म निःशुल्क सर्भिसिङ गर्न सकिने छ भने ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।

यसरी समग्रमा ५ लाख १२ हजार रुपैयाँ सम्मको फाइदा हुने कम्पनीको भनाइ छ ।

बेनेली १८०एस बाइकमा १७५.३ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्व, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएचपी पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । सो मोटरबाइकमा ट्रिपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पिड गियर, गियर इन्डिकेटर, लिक्विड कुल्ड इन्जिन जस्ता प्रिमियम फिचर समावेश गरिएको छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लचप्लेटको प्रयोग गरिएको छ । बाइकमा अपसाइड डाउन मोनोसक सस्पेन्सन र १७ इन्चको अलोय ह्विलको पनि प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा

१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा

काठमाडौं – नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर...

२ वर्षमा २ हजार बढी निसान म्याग्नाइट नेपालमा : आयो नगद छुट सहितको स्पेसल अफर

२ वर्षमा २ हजार बढी निसान म्याग्नाइट नेपालमा : आयो नगद छुट सहितको स्पेसल अफर

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

सेफ्टी र राइडिङ प्यासन बेनेली बाइकको प्रमुख बिशेषता हो

सेफ्टी र राइडिङ प्यासन बेनेली बाइकको प्रमुख बिशेषता हो

नेपालमा बेनेली बाइकको बजार र यसको विशेषता वारेमा बेनेलीको नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...