थार ५ डोर अर्माडा नामले आउने चर्चा

महिन्द्राले आफ्नो चर्चित अफरोडर एसयूभी थारलाई नयाँ संस्करणमा उतार्न धेरै ट्रेडमार्कहरू दर्ता गरेको छ । जसलाई कम्पनीले निकट भविष्यमा आउने तयारी भएको थार ५ डोरको लागि प्रयोग गर्न सकिने चर्चा चलेको छ ।

मिडिया रिपोर्टका अनुसार महिन्द्राले ७ वटा नेम ट्यागका लागि आवेदन दिएको छ । जसमा थार आर्माडा, थार सेन्चुरियन, थार कल्ट, थार ग्लाडियस, थार रेक्स, थार रोक्स र थार सवाना रहेका छन् ।

५ डोर एसयूभी र डवल क्याब पिकअपमा उपलब्ध अर्माडालाई महिन्द्राले सन् १९९३ मा लन्च गरेर २००१ मा बन्द गरेको थियो । सोही नामलाई कम्पनीले थार ५–डोरमार्फत पुनर्जिवित गर्न लागेको आँकलन गरिएको छ । जसबारे कम्पनीले औपचारिक जानकारी भने गराइसकेको छैन ।

थार ५ डोरको डिजाइन अर्माडासँग मिल्दोजुल्दो समेत देखिएका कारण यस्तो आँकलन गरिएको हो । सो एसयूभी लामो बोनेट र चौडा फ्रन्ट फेन्डरसहितको ५ वटा ढोकामा आउने तयारी भइरहेको छ ।

हाल उपलब्ध ४ डोर संस्करणकै इन्जिन अप्सनमा उपलब्ध हुने सो नयाँ संस्करणमा १३० बीएचपी पावर र ३०० एनएम टर्क उत्पादन गर्ने २.२–लिटर डिजेल इन्जिन तथा १५० बीएचपी पावर र ३२० एनएम टर्क उत्पादन गर्ने २.०–लिटर पेट्रोल इन्जिनले निरन्तरता पाउनेछ । दुवै इन्जिन ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

बालाजु अटो वर्क्सका उत्कृष्ट डिलरले पाए अवार्ड र सम्मान

बालाजु अटो वर्क्सका उत्कृष्ट डिलरले पाए अवार्ड र सम्मान

काठमाडौं– महिन्द्रा गाडीमा बिक्रपछिको सेवा सम्हाल्दै आएको बालाजु अटो...

जावा ४२ स्पोर्ट्स स्ट्राइप नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार

जावा ४२ स्पोर्ट्स स्ट्राइप नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार

काठमाडौं – नेपालमा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...