परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना
महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा एक्सयूभी ७०० ईभीको...
काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन एनक्यापद्धारा गरिएको सेफ्टि टेष्टमा जिरो स्टार रेटिङ पाएको छ । ‘सेफर कार फर इण्डिया’क्याम्पेन अन्तर्गत ग्लोबल एनक्यापले गरेको टेष्टमा ५ स्टार रेटिङ हात पारेको सो एसयूभीले अष्ट्रेलियन एनक्यापमा भने जिरो स्टार रेटिङ पाएको हो ।
ग्लोबल एनक्यापले भारतमा गर्ने परिक्षणको तुलनामा निकै फरक र कठिन प्रोटोकल भएका कारण अष्ट्रेलियन एनक्यापमा स्कर्पियो एनले कमजोर रेटिङ पाएको कम्पनीले जनाएको छ ।
अष्ट्रेलियन एनक्यापमा राम्रो रेटिङ पाउन गाडीमा एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम ले निकै महत्वपूर्ण भुमिका खेल्दछ र यस्तो फिचर हुनुलाई अनिबार्य जस्तै मानिन्छ । तर सो फिचर सामेल नभएको स्कर्पियो एनलाई टेष्ट गर्दा यस्तो परिणाम भोग्नु परेको हो ।
परिक्षणमा महिन्द्राको सो एसयूभीले एडल्ट सेफ्टिमा ४४ प्रतिशत, चाइल्डमा ८० प्रतिशत, सडक यात्रीको सुरक्षामा २३ र सेफ्टि एसिस्टमा शून्य प्रतिशत नतिजा हात पारेको थियो ।
महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा एक्सयूभी ७०० ईभीको...
महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को...
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...