होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
अप्रिलियाले आफ्नो नयाँ मोटरसाइकल आरएस ४५७ लाई भारतिय बजारमा लन्च गरेको छ । भारतमै निर्माण गरिएको मध्यम क्षमताको स्पोर्ट मोटरसाइकल आरएस ४५७ लाई कम्पनीले ४ लाख १० हजार भारुमा बिक्री गर्ने जनाएको छ ।
आरएस ४५७ ले भारतीय बजारमा कावासाकी निन्जा ४०० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यद्यपी सो नयाँ मोटरसाइकल निन्जा ४०० भन्दा १ लाख १४ हजार भारुले सस्तो छ । निन्जा ४०० लाई कावासाकीले ५ लाख २४ हजार भारुमा बिक्री गर्दै आएको हो ।
सो नयाँ मोटरसाइकलमा ४५७ सिसीको प्यारलल ट्विन इन्जिन जडान गरिएको छ । जसको पावर ४८ पिएस र टर्क ४३.५ एनएम रहेको छ । इको, रेन र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको सो मोटरसाकलमा फ्लाई एड्जस्टेवल ट्रयाक्सन कन्ट्रोल पाउन सकिन्छ । साथै यसमा स्लिप एण्ड एसिस्ट क्लच सहितको ६ स्पिड गियरवक्स दिइएको छ ।
यूएसडी फोर्क र मोनोशक सस्पेन्सन जडान गरिएको सो मोटरसाइकलमा डुअल च्यानल एबिएस, ५ इन्चको टिएफटी डिस्प्ले, कनेक्टिभिटी फिचर, स्लिक एलईडी हेडलाइट, कम्प्याक्ट विन्डस्क्रिन र अन्डरवेली एक्सटस्ट लगायत फिचर पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...