होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
काठमाडौं– आइशर कमर्सियल भेहिकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्सुरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर गाडीका खरिदकर्ताहरू बतास एमएडब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । सो योजना अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने जनाइएको छ ।
बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लुबीच कारोबार हुनेछ । दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीले अपेक्षा राखेको छ । यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने तथा छिट्टै मर्मतसम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था रहने कम्पनीले जनाएको छ ।
यससँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले दिए । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...