मेकानिक्सका सन्तानलाई गल्फ लुब्रिकेन्ट्सले दियो छात्रवृत्ति

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख १५ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

मेकानिक्सको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ जेठ २ मा कोभिड महामारीका कारण मृत्यु भएको थियो । उनको काठमाडौं सामाखुशीमा बीसी अटो वर्कशप थियो । उनी इन्जिन मेकानिक्स थिए । मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

रत्ननगरको शिवकृपा अटो पार्ट्स सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा कम्पनीकी मार्केटिङ म्यानेजर पुर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवाश कँडेल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव टिकादत्त अधिकारी, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वागत् मन्तव्य व्यक्त गर्दै कम्पनीकी मार्केटिङ म्यानेजर पुर्णिमा गौतमले मेकानिक्सहरु नेपाल ल्युब आयलको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनीहरुको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताइन् ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोमोबाइल्स क्षेत्रका उत्पादक तथा वितरकहरुले मजदुरहरुलाई खुसी पार्न भोजभतेर तथा खानपानमा लाखौ रकम खर्च गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटो पार्ट्स सेन्टरका संचालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो ।

आशिर्वाद ट्रेडिङ भरतपुरका संचालक सुवास कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम चितवन अटोमोबाइल्स एसोसिएसनका कोपाध्यक्ष रामशरण भट्टराईले संचालन गरेका थिए ।

सम्बन्धित समाचारहरू

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

जेसिबीको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु, यस्तो छ छुट र सुबिधा

काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स...

एम्बुलेन्स चालक भन्छन् : ट्राफिक प्रहरी र निजी सवारी धनीबाटै हैरान छौं

एम्बुलेन्स चालक भन्छन् : ट्राफिक प्रहरी र निजी सवारी धनीबाटै हैरान छौं

काठमाडौं – पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न...

यसरी भइरहेको छ सवारीसाधनको फिटनेस टेष्ट

यसरी भइरहेको छ सवारीसाधनको फिटनेस टेष्ट

काठमाडौं – सवारी साधनको फिटनेट परीक्षण गर्नका लागि काठमाडौंको टेकुस्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...