हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ । आजदेखी शुरु गरिएको सो योजनामा ग्राहकले आफूसंग भएको कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो । योजना हुन्डाईको नेपालभर सञ्चालनमा रहेका शोरुममा लागु हुने जनाइएको छ ।

एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्युनतम ५०, हजार रुपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिदमा प्रोत्साहन स्वरुप ५० हजार सम्मको गो ग्रीन बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

साथै बिभिन्न मोडलहरुको खरिदमा ६ लाख सम्मको आकर्षक छुटका साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराई नयाँ गाडीको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शोरुममा तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटोछरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।

कम्पनीले हुन्डाईका सबै मोडलमा ३ वर्ष वारेन्टी र ६ वर्षको निशुल्क सर्भिसिङ उपलब्ध गराउँदै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर सेवा प्रदान गर्न १७ स्थानमा शोरुम, १९ वटा सर्भिस सेन्टर र ४३ वटा चार्जिङ पूर्बाधार सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

लामो समयदेखि प्रतीक्षित हुन्डाईको आई२० फेसलिफ्ट मोडलको इन्टेरियर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...