काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै आइरहेको किङलङ विद्युतीय माइक्रो बसहरु काठमाडौंका विविन्न रुटहरुमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माइक्रो बसहरु बागमती प्रदेश सरकारको नीति तथा महानगरपलिकाको आवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई बिस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत आएको कम्पनीको भनाइ छ ।

एउटा डिजेल माइक्रोबस दैनिक १५० देखि २०० किलोमिटर चल्दा ५ हजार देखि ७ हजार डिजेल खपत हुने र यस अनुसार हाल काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ३ हजार डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुने अनुमान गर्न सकिन्छ । यसबाट अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले बिक्री–वितरण गर्दै आइरहेको किङलङ माइक्रोबस १४ र १९ सिटर गरी दुई मोडलका साथ नेपाली बजारमा उपलब्ध छन् । विश्वको नम्बर १ ब्याट्री निर्माता कम्पनी सीएटीएलद्वारा निर्मित ब्याट्रीको प्रयोग यी गाडीमा गरिएको छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटर चल्ने कम्पनीले उल्लेख गरेको छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको छ । हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिदै आएको जानकारी दिदै नेपालभर ३० स्थान भन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँमा चार्जर जडान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

काठमाडौंमा ३ ठाउँबाट सर्भिस सुबिधा लिन सकिने कम्पनीले जनाएको छ । साथै रिङ्गरोडमा हरेक ५ किमीमा एउटा चार्जर राख्ने अन्तिम तयारीमा कम्पनी पुगेको जनाएको छ ।

माइक्रोबस किन्नका लागि ८० प्रतिशतसम्म कर्जा सुबिधा रहेको र नेपालभरका सम्पूर्ण बैंकहरुबाट सुलभ कर्जासुबिधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा...

होन्डा र सुजुकीले यो वर्ष भारतमा ईलेक्ट्रिक स्कुटर लन्च गर्ने, नेपाल पनि आउने संभावना

होन्डा र सुजुकीले यो वर्ष भारतमा ईलेक्ट्रिक स्कुटर लन्च गर्ने, नेपाल पनि आउने संभावना

जापनिज टु–ह्विलर ब्राण्ड होन्डा र सुजुकीले यो वर्ष भारतमा नयाँ स्कुटर...

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...