भूकम्प प्रभावितका लागि बीवाईडीको सहायता कोष, डल्फिन र एट्टो–३ वुक गर्दा रकम जम्मा हुने

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ ।

जसअन्तर्गत हरेक बीवाईडी डल्फिन बुक गर्दा १० हजार र एट्टो–३ मा २० हजार रुपैयाँ सो कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । योजना मङ्सिर २३ गते सम्म लागु हुनेछ । गाडी बुकिङबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य कम्पनीले लिएको हो ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकहरुको नाम कम्पनीको सोशल मिडिया प्लेटफर्म र दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।

कम्पनीले यसअघि सानी भेरी गाउँपालिकाका प्रभावितलाई सहयोग स्वरुप ११ लाख रुपैयाँ प्रदान गरेको थियो । सो रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचारहरू

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न...

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...

एट्टो ३ का साथ दक्षिण कोरियाली बजार प्रवेश गर्दै बीवाईडी

एट्टो ३ का साथ दक्षिण कोरियाली बजार प्रवेश गर्दै बीवाईडी

हालै अर्थात जनवरी १३ मा दक्षिण कोरियाली सरकारले चाइनिज न्यु इनर्जी भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...