किन हट्दै छ बाइकमा किक स्टार्ट सिस्टम ? यस्तो छ कारण

पहिलेको तुलनामा अहिले बाइक हाइटेक बन्दै गएको छ । हरेक वर्ष बाइकमा कुनै न कुनै नयाँ सिस्टम आउने गरेको छ । बाइकमा सेल्फ स्टार्ट र किक स्टार्ट सिस्टम दुबै जडान गरिएको हुन्छ । तर, कतिपय महँगो र प्रिमियम बाइकमा कम्पनीहरुले किक स्टार्ट राख्न बन्द गरेका छन् ।

बजाज पल्सर, केटीएम, यामाहाको आर१५ र रोयल इन्फिल्ड लगायत अधिकांश ब्राँन्डका धेरै बाइकमा किक स्टार्ट राखिएको छैन । बाइकमा सेल्फ स्टार्ट खराब हुँदा किकले स्टार्ट गर्नु पथ्र्याे । यति हुँदाहुँदै पनि कम्पनीले बाइकमा किकस्टार्ट दिन बन्द गरिरहेका छन् । यद्यपि यो पूर्णतया प्राविधिक कुरा हो ।

यसअघिका बाइकमा सेल्फ स्टार्ट नहुँदा बाइकको स्टार्टदेखि इन्जिनमा इन्धन पु-याउने काम पूर्णतया मेकानिकल्ली रूपमा हुन्छ । अर्थात् बाइकलाई किक स्टार्ट गर्दा स्पार्क र क्र्याम्पको मद्दतले इन्जिन स्टार्ट हुन्छ र प्रेसरको मद्दतले कार्बुरेटरमार्फत पेट्रोल इन्जिनमा पुग्छ । यसका साथै बाइकको लाइट र इन्डिकेटर पनि इन्जिनबाट निस्कने ऊर्जाबाट चल्ने गरेको छ ।

अहिले बाइकमा फ्युल इन्जेक्टर सिस्टम आउन थालेको छ, जसमा ट्यांकीबाट इन्जिनमा फ्युल पु-याउनको लागि मोटर जडान गरिएको हुन्छ । यो मोटर ब्याट्रीबाट आउने लाइटबाट चल्छ । यस्तो अवस्थामा किक स्टार्ट गर्दा बाइक स्टार्ट हुँदैन ।

साथै पहिले बाइकको सेल्फ छिट्टै बिग्रिन्थ्यो, जसमा कम्पनीहरुले धेरै काम गरेर यो कमीलाई हटाएका छ् । जसका कारण धेरै महँगो बाइकमा किक स्टार्टको आवश्यकता हराउन थाल्यो । यी बाइकको ब्याट्री पनि बाइकको इनर्जी रिजेनेरेटिभ सिस्टम मार्फत आफैं चार्ज हुन्छ । त्यसैले ब्याट्री पनि कमै डाउन रहन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...