२० हजार ८०० डलरमै आयो किया ईभी-५, यस्तो छ फिचर र पावरट्रेन

कोरियन अटो निर्माता कियाले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ईभी-५ लाई चीनमा लन्च गरेको छ । चीनमा जारी ग्वांझाउ इन्टरनेश्नल अटोमोबाइल एक्जिविसनमा लन्च भएको सो ईभीको मूल्य निकै प्रतिस्पर्धी कायम गरिएको छ ।

कियाले सो नयाँ ईभीको मूल्य जम्मा २० हजार ८०० डलर निर्धारण गरेर बिक्री थालेको हो । यसअघि यसको प्रि–सेल्स मूल्य २२ हजार १०० डलर तोकिएको थियो । ईभी-५ लाई कियाले आफ्नो ईभी डेडिकेटेड प्लेटफर्म ई–जीएमपीमा तयार पारेको हो ।

सो ईभी ६४.२ र ८८ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । दुबै भेरिएन्टमा १६० किलोवाट क्षमताको मोटर जाडन गरिएको छ । यसमा जडान गरिएको बीवाइडीको एलएफपी ब्याट्रीलाई एकपट फुल चार्ज गर्दा ५३० र ७२० किलोमिटर सम्म रेन्ज पाउन सकिने दावी गरिएको छ ।

निकै नै आकर्षक र स्पोर्टी लुक्समा आएको ईभी-५ मा ब्याट्रीको सुरक्षाका लागि डेडिकेटेड हिट पम्प सिस्टमा दिइएको छ । जसले ब्याट्रीमा लाग्न सक्ने संभावित आगालागिको जोखिमबाट बचाउँन मद्धत गर्दछ ।

साथै यसमा यत्रा गर्दा आराम महशुस हुनेगरी इन्टेरियर भित्र पर्याप्त स्पेस दिइएको छ । सो नयाँ ईभीमा डुअल स्क्रिन, फोर स्पोक स्टेरिङ ह्विल र गियर लिभर समेत पाउन सकिन्छ ।

सुरक्षका लागी यसमा एडिएएस फिचर सामेल गरिएको छ । अन्य सेफ्टि फिचरमा ७ वटा एयरब्याग, एल२ प्लस लेभल एसिस्टेड ड्राइभिङ, रिमोट कन्ट्रोल स्मार्ट पार्किङ र सेमि अटोमेटिक लेन चेन्जिङ लगायत दिइएको छ ।

सम्बन्धित समाचारहरू

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले आज भारतीय लाइनअपमा...

कियाले सन् २०२६  सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने

कियाले सन् २०२६  सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...

किया केवाईको नाम हुनेछ किया क्यारेन्स : डिसेम्बर १६ मा सार्वजनिक हुने

किया केवाईको नाम हुनेछ किया क्यारेन्स : डिसेम्बर १६ मा सार्वजनिक हुने

कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...