एथर ४५० एक्सको बिक्री सुरु, यस्तो छ मूल्य, फिचर र रेन्ज

काठमाडौं– भारतको लोकप्रिय इलेक्ट्रिक टु –ह्विलर एथरको नयाँ स्कुटर नेपाली बजारमा आएको छ । वैद्य अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएकोे हो । सो अर्गनाइजेसन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले टोयोटा ब्रान्डको गाडी बिक्री गर्दै आएको छ ।

कम्पनीले आइतवार एक कार्यक्रम गरी एथर ब्रान्डका स्कुटरको बिक्री सुरु गरेको हो । उसले स्कुटर बिक्री गर्न काठमाडौंको गैरीधारामा शोरुम संचालनमा ल्याएको छ । ललितपुरको झम्सीखेलमा चाँडै अर्को शोरुम सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ।

नेपाली बजारमा एथर ४५० एक्सको दुईवटा भेरिएन्ट उपलब्ध गराइएको कम्पनीले बताएको छ । जसमध्ये, स्ट्यान्डर्ड भेरियन्टको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । यो भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा १११ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

लङ रेन्ज भेरियन्टमा ३.७ किलोवाट आवर ब्याट्री जडान गरिएको छ। ब्याट्रीले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ४ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी स्कुटरमा डिजिटल सिस्टम छ । साथै रिभर्स गियर फिचर र हिल होल्ड असिस्ट सिस्टम पनि स्कुटरमा उपलब्ध छ । साथै यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले समेत पाउन सकिन्छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

मेयर र मिस इन्टरनेसनल नीति शाहबाट सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन हुँदै

मेयर र मिस इन्टरनेसनल नीति शाहबाट सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन हुँदै

नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

सबैभन्दा बढी बिक्री हुने कार इलेक्ट्रिक भेरिएन्टमा आउदै

सबैभन्दा बढी बिक्री हुने कार इलेक्ट्रिक भेरिएन्टमा आउदै

ल्यान्डरोभर रेन्ज रोभरको इलेक्ट्रिक अवतार चाँडै देखिने भएको छ । कम्पनीले...

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...