फोटोन र पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी बनाउने

चीनको अग्रणी अटो निर्माता फोटोन र इटालियन ब्रान्ड पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी उत्पादन गर्ने भएका छन् । चीनको वेइजिंगमा पियाजिओ ग्रुपका सिईओ मिसेल कोलानिंनो र फोटोन मोटर ग्रुपका भाइस प्रेसिडेन्ट मा रेंताओविच सो सम्वन्धि सम्झौता भएको हो ।

यी दुई कम्पनी मिलेर यूरोपका लागि नयाँ रेन्जको इलेक्ट्रिक पोर्टर गाडी बनाउने सहमती गरेका हुन् । सहमती अनुसार सो नयाँ रेन्जको गाडी इटालीस्थित पियाजिओको प्लान्टमा उत्पादन हुनेछ ।

इन्टर सिटीको आवश्यकता अनुसार कम्तिमा १ टन पेलोड क्षमता भएका गाडी दुई नयाँ मोडलमा उपलब्ध हुने जनाइएको छ । यसअघि पनि यी दुई ग्रुपले सहकार्य गरी यूरोपमा धेरै रुचाइएको पहिलो सिटी ट्रक पोर्टर एनपी६ जस्ता गाडी उत्पादन गरेका थिए ।

फोटोन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ब्रान्ड हो । सो ब्रान्डको हाल इलेक्ट्रिक र कम्वसन दुबै पावरट्रेनका गाडी नेपाली बजारमा उपलब्ध छन् । यो ब्रान्डलाई नेपालमा एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले आयत गरी बिक्री बितरण गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...