भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो ग्रुपले हाल नेपाली बजारमा उपलब्ध प्राय सबैजसो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने विभिन्न ब्रान्डका स्पेयर पार्ट्सलाई आयत गरी कारोवार गर्दै आएको छ । कम्पनीले आयत गर्ने अधिकांश ब्रान्ड ओइएममा समेत सप्लाई हुने कारण आफूहरुले कारोवार गर्ने स्पेयर पार्ट्स गुणस्तरिय रहेको ग्रुपका प्रवन्ध निर्देशक अरुणकुमार अग्रवाल बताउँछन् । प्रस्तुत छ स्पेयर पार्ट्स व्यावसायका बिबिध विषयमा रहेर उनीसंग गरिएको कुरकानीको सरासंक्षेप :

स्पेयर पार्ट्स ब्यवसायमा श्री अम्वा ग्रुपको पहिचान कस्तो छ ?
टु–ह्विलर स्पेयर पार्ट्समा हामी गुणस्तरिय सामानलाई सुलभ मूल्यमा बिक्री गर्ने कम्पनीको रुपमा चिनिँदै आएका छौ । ब्यवसायको सुरुवातदेखी नै हामीले गुणस्तरमा सम्झौता गरेका छैनौ । हामीसंग जोडिएर यो क्षेत्रमा काम गर्नुहुने रिटेलर ब्यवसायीलाई धेरैभन्दा धेरै प्रोडक्ट रेन्ज उपलब्ध गराउन नयानयाँ ब्रान्ड समेत थपिरहेका छौ । उत्पादक कम्पनी र ग्राहकसंग हाम्रो एकदमै नजिकको सम्वन्ध छ ।

स्पेयर पार्ट्स ब्यवसायको पछिल्लो अवस्था कस्तो पाउनु भएको छ ?
देशको अर्थतन्त्र नै मन्दिमा परेका कारण अहिले अन्य क्षेत्रजस्तै स्पेयर पार्ट्स ब्यवसाय पनि मारमा परिरहेको छ । पहिलो कुरा त अहिले मोटरसाइकल र स्कुटरको बिक्री नै कम भइरहेको छ । जसको प्रत्यक्ष असर स्पेयर पार्ट्स र एसेसोरिज ब्यवसायमा पर्ने नै भयो । टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा अहिले ४० प्रतिशत भन्दा बढीले ह्रास आएको मैले महशुस गरेको छु ।

श्री अम्बा ग्रुपले अहिले कुनकुन ब्रान्डका स्पेयर पार्ट्स आयत गरी कारोवार गर्दै आएको छ ?
अहिले हामीले ओइएएममा सप्लाई हुने भारतको प्रख्यात ब्रान्डहरु रोलोन, महले, उनो मिन्डा तथा स्पार्क मिन्डा, रेन्डर, एआरबी, इन्डुरेन्सका स्पेयर पार्ट्स आयत गरी कारोवार गर्दै आएका छौ । यसैगरी अन्य ब्रान्डमा पावर, ट्रिस्टो र साई ग्रुपका हेल्मेट तथा बडी(फाइवर) पार्ट्स पनि आयत गरी बिक्री गरिरहेका छौ । टु–ह्विलरमा अझ धेरै रेन्ज दिन हामीले नयाँनयाँ ब्रान्डलाई थप्ने तयारी समेत गरिरहेका छौ ।

यो ब्यवसायमा तपाईहरुले भोग्नु परेका त्यस्ता केही समस्याहरु पनि छन् कि ?
भन्सार र राजश्व अनुसन्धान विभागका कारण अहिले हामीले सबैभन्दा ठूलो समस्या भोग्नु परेको छ । भन्सारको मूल्य सूचीमा जे लेख्यो त्यसलाई हामीले मान्नैपर्ने बाध्यकारी अबस्था छ । भन्सारको मूल्य सूची यति धेरै अवैज्ञानिक छ कि त्यसअनुसार सामान ल्याएर बिक्री गर्न सकिने अवस्था नै छैन । मोटरसाइकल र स्कुटरको मोडलपिच्छे फरक प्रकार र मूल्यको सामान आउने भएपनि मूल्य सूचीमा एउटै मूल्यांकन राखिएको छ । जसका कारण सस्तो मूल्यमा आउने सामानलाई पनि महंगो मूल्यांकनमा आधार मानेर छुटाउनु पर्ने अवस्था छ भने महंगो मूल्यमा आउने सामानलाई कम राजश्व तिरेर भन्सार पास गरिदिने प्रचलन छ । भन्सार र राजश्व अनुसन्धानको यस्तो अब्यवाहरिक नितीका कारण हामी ब्यवसायी ठूलो मर्कामा पर्दै आएका छौ । यसले अबैध कारोवारलाई समेत बढवा दिएका कारण राज्यले समेत ठूलो रकम राजश्व गुमाइरहेको छ ।

भन्सारमा आउने यस्ता समस्यालाई समाधान गर्न राज्यले के गर्नुपर्ला ?
उत्पादक कम्पनीले जारी गरेको बिल विजकलाई आधार मानेर भन्सार पास गरिदिंदा सहज हुन्थ्यो भन्ने हाम्रो माग हो । यदि कसैले न्यून विल विजकमा सामान ल्यायो कि भनेर शंका लागेको खण्डमा सम्वन्धित कम्पनीसंग कुरा गरेर चेक गर्न पनि सकिन्छ । तर हाम्रो भन्सार प्रशासन सन्दर्भ मूल्य सूचीलाई संविधानमा लेखिएको कानुनजस्तै मानेर जस्ताको तस्तै लागु गर्न खोज्छ । जुन कुनैपनि हिसावले ब्यवाहरिक छैन । चोरी निकासी रोकेर जेन्यून कारोवारलाई प्रश्रय गर्नुपर्ने अवस्थामा सरकारले त झन उल्टै हामीजस्ता जेन्यूइन व्यवसायीलाई दुख दिने काम गरिरहेको छ ।

चोरी पैठारीमार्फत भित्रिने सामानको अवस्था कस्तो छ ?
स्पेयर पार्ट्सको कुरा गर्नुपर्दा चोरी पैठारीमार्फत आउने सामानको बजारमा अहिले विगविगी नै छ । बजारमा खपत हुने कुल स्पेयर पार्ट्समा अबैध बाटोबाट आउने यस्ता सामानको हिस्सा ४० प्रतिशत भन्दा बढी रहेको मैले पाएको छु । यसरी अवैध कारोवार बढ्नुमा सरकारी नितीले झनै बल पु-याइरहेको छ ।

टु–ह्विलरको एसेम्वल उद्योगसंगै केही हेल्मेट र स्पेयर पार्ट्स समेत स्वदेशमै उत्पादन हुन थालिसकेका छन् । यसमा तपाईको योजना के छ ?
हो, पछिल्लो समय मोटरसाइकल र स्कुटरको एसेम्वल स्वदेशमै हुने लहर चलिरहेको छ । यस्तोमा केही उद्योगले हेल्मेट, ब्याट्री र लुब्रिकेन्ट्स लगायत सामान समेत उत्पादन थालेका छन् । हाम्रो पनि योजना उद्योगमा नै जाने हो । तर अहिलेको अवस्थालाई हेर्दा तत्कालै उत्पादनमा गइहाल्ने मनस्थितीमा हामी छैनौ । हामीले विगत लामो समयदेखी हेल्मेटको पनि कारोवार गर्दै आएका कारण यो क्षेत्रमा राम्रो संभावना देखिँदै आएको थियो । तर पछिल्लो समय मोटरसाइकल र स्कुटरको बिक्री जुन अनुपातमा घटिरहेको छ, यसले भोलिका दिनमा अहिले खुलेका उद्योगलाई समेत संकटमा पार्ने देखिन्छ । संचालनमा भएका पुराना उद्योगको भविष्य नै के होला भनेर सोच्नुपर्ने अवस्थामा नयाँ उद्योग खोल्ने कुरा सान्दर्भिक नहोला । अवस्था सहज भयो भने र सरकारी निती पनि सहयोगी बने हामीले पनि गर्ने भनेको अन्तिममा उद्योग नै हो ।

सम्बन्धित समाचारहरू

सिप्रद्धि अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोशी सप्लायर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको ‘टाटा च्याम्पियन जोन’ सप्तकोशी सप्लायर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन)...

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं – आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको...

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौं – ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...