ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

काठमाडौं– चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५ ईभी, लन्च गर्ने तयारी थालेको छ । सोबारे जानकारी दिन ओमोडा को चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभ स्ट्रिम कार्यक्रम गरेको थियो ।

ओमोडाका सीएमओ लिलियन जिओंग र प्रबन्ध निर्देशक कायपान द्वारा संचालित सो लाइभ स्ट्रिम चिनबाट भएको थियो । जसमा नेपालका लागि आधिकारिक वितरक शारदा समूहका प्रतिनिधी र संचारकर्मीहरु अनलाइन लाइभ स्ट्रिममा सहभागी भएका थिए । कार्यक्रममा चेरी इन्टरनेशनलले विश्वभरका उद्योगमा महत्त्वपूर्ण प्रगति गरेको जानकारी गराइएको थियो ।

कम्पनीले छिट्टै बजारमा ल्याउने तयारी गरेको ओमोडा ५ को बाहिरी भागमा स्पोर्टी ‘एक्स’ आकारको फ्रन्ट फेस दिइएको छ, जुन हावा प्रतिरोधका लागि अनुकूल र सही सन्तुलन कायम राख्न गतिशील रहेको छ ।

ओमोडा ५ ईभीको मुख्य विशेषताहरू मध्ये यसमा स्मार्ट र हलुका ब्याट्री रहेको छ । जसले ब्याट्रीको आयु बढाउनुको साथै भेहिकल टु लोड प्रविधि मार्फत माइलेजको चिन्तालाई सम्बोधन गर्न मद्धत गर्ने जनाइएको छ ।

यसमा दिइएको ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस, सोनी स्पिकर, असिस्टेड ड्राइभिङ जस्ता फिचरले ईभी पारखीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । यो नयाँ ईभी ६१ किलोवाट आवर र ४० किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । यसको रेन्ज ४५० किलोमिटर दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले देखायो एक साथ १५ वटा इभीको कन्सेप्ट, इभीको बजारले थप उचाई लिने

टोयोटाले देखायो एक साथ १५ वटा इभीको कन्सेप्ट, इभीको बजारले थप उचाई लिने

बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको...

भारतमा हिरोको भिडा भी१ इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु, नेपालमा प्रतीक्षा

भारतमा हिरोको भिडा भी१ इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु, नेपालमा प्रतीक्षा

हिरो मोटोकर्पले भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...