स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको नयाँ एडिसन लन्च गरेको छ । स्पेसल एडिसनका रुपमा आएका सो कारकालाई कम्पनीले ‘मेट’ नाम दिएको छ । रेगुलर मोडलकै पावरट्रेन सेयर गरिएको सो नयाँ एडिसनको मूल्य १५ लाख ५२ हजारदेखी १९ लाख १२ हजार भारुसम्म निर्धारण गरिएको छ ।

मेट एडिसनलाई कम्पनीले यसअघिकै १.० र १.५ लिटर टिएसआई पेट्राल इन्जिनमा उतारेको हो । जसमा म्यानुलअ र अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । यसको १.० लिटर इन्जिनले ११५ पिएस पावर तथा १७८ एनएम टर्क जेनेरेट गर्दछ भने १.५ लिटरको पावर १५० पिएस र टर्क २५० एनएम रहेको छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन, टर्क कन्भर्टर र ७ स्पिड डीएसजी गियर वक्सको बिकल्प पाउन सकिन्छ ।

सो नयाँ एडिसनको एक्सटेरियरमा कार्वन स्टिल सेड दिइएको छ भने विङ मिरर र डोर ह्यान्डलमा ग्लस ब्ल्याक सेड पाउन सकिन्छ । यसैगरी ग्रीलमा क्रोम ट्रिटमेन्ट गरिनुको साथै फग ल्याम्प र विन्डो आसपासको भागलाई अपडेट गरिएको छ । कारभित्र १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र ८ स्पिकर साउन्ड सिस्टम लगायत फिचर पाउन सकिन्छ ।

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाउन सफल यसमा ६ वटा एयर ब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनीक डिफेरेन्सियल सिस्टम, मल्टि कोलिजन ब्रेक, पार्किङ सेन्सर, रियर भ्यु क्यामेरा, टायर प्रेसर मनिटरिङ्ग, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल र अटो हेडल्याम्प र वाइपर जस्ता फिचर दिइएको छ ।

स्लाभिया नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम सेडान कार हो । नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले यसलाई ४९ लाख ९० हजारदेखि ७५ लाख ९० हजार रुपैयाँसम्म मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने तयारीमा फोटोनको लाइट ड्युटी ट्रक अमार्क

नेपाल आउने तयारीमा फोटोनको लाइट ड्युटी ट्रक अमार्क

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट...

एमएडब्लु वृद्धि कमर्सियलको पहिलो डिलर मिट सम्पन्न, विभिन्न विषयमा छलफल

एमएडब्लु वृद्धि कमर्सियलको पहिलो डिलर मिट सम्पन्न, विभिन्न विषयमा छलफल

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

६० भन्दा बढी सेफ्टी फिचर सहित जिपले लन्च ग-यो शक्तिशाली ७ सीटर एसयूभी मेरिडियन

६० भन्दा बढी सेफ्टी फिचर सहित जिपले लन्च ग-यो शक्तिशाली ७ सीटर एसयूभी मेरिडियन

जिप इन्डियाले आफ्नो बहुप्रतीक्षित थ्री–रो एसयूभी मेरिडियन लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...