फोटोनले थप्यो ५ नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’, देशभर २१ भन्दा बढी स्थानमा नेटवर्क विस्तार
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि...
काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा थ्रीएस शोरुम विस्तार गरेको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न र बिक्री पछिको सेवा प्रदान गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याएको हो ।
असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् ।
इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम१’ लोकप्रिय मोडल हुन् । टीएम१ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।
नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुने कम्पनीको भनाई छ । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्री पछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...