फोर्डलाई पछि पार्दै बीवाईडी बन्यो विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड

चिनियाँ अटो निर्माता बीवाईडी विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड बनेको छ । ट्रेन्ड फोर्सले अगष्ट महिनामा सार्वजनिक गरेको बिक्री तथ्यांकको आधारमा यसले अमेरिकन ब्रान्ड फोर्डलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको हो । सूचीको पहिलो स्थानमा टोयोटा, दोस्रोमा फक्सवागन, तेस्रोमा होन्डा र पाँचौ स्थानमा हुन्डाई र छैठौमा फोर्ड रहेका छन् ।

गत महिना विश्वका ३७ ठूला अटो बजारमा बिक्री भएको कुल ५५ लाख ५० हजार कारमा बीवाइडीको हिस्सा ४.८ प्रतिशत रहेको छ । यसैगरी पहिलो स्थानमा रहेको टोयोटाले ९.८, दोस्रो स्थानको फक्सवागनले ६.५ र तेस्रो स्थानको होन्डाले ४.९ प्रतिशत हिस्सा ओगटेका छन् । पाँचौ स्थानमा रहन सफल हुन्डाईको हिस्सा ४.३ प्रतिशत र फोर्डको ४.२ प्रतिशत छ ।

चिनियाँ बजारमा कारको मागमा कमि आएपनि अन्तराष्ट्रिय बजारमा इलेक्ट्रिक कारको माग उच्च रहेका कारण बीवाइडीले जुलाई महिनाको तुलनामा ५ प्रतिशतले बिक्रीमा सुधार गरेको थियो । उता फोर्डको ठूलो बजार अमेरिकामा भने बिक्री निरन्तर ओरालो लागेका कारण उसको बिक्री अघिल्लो महिनाको तुलनमा ६.७ प्रतिशतले घटेको थियो ।

सो महिना चीनमा कुल १९ लाख २० हजार कार बिक्री भएकोमा बीवाइडी एक्लैले २ लाख ३० हजार युनिट बिक्री गर्दै ११.९८ प्रतिशत हिस्सा सहित पहिलो स्थान लिएको छ । यसैगरी फक्सवागनको १०.१८, टोयोटाको ८.१० प्रतिशत, होन्डाको ५.३२ र चांगनको हिस्सा ४.२८ प्रतिशत छ ।

सम्बन्धित समाचारहरू

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

बीवाईडीले टेस्लाको लागि नयाँ चुनौती खडा गर्दै आफ्नो नयाँ इलेक्ट्रिक कार...

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...