नासा नेपाल र काठमाडौं इन्जिनियरिङ कलेजको एफवान इन स्कुल्स अब हेटौडामा
हेटौंडा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...
काठमाडौं– एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीता जनाउने भएका छन् । आगामी शनिबार र आईतबार मलेसियाको सेपाङ्ग इन्टरनेशनल रेसिङ्ग सर्किटमा हुने एसियाली स्तरको सबैभन्दा ठुलो मोटर स्पोर्ट्सको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउन आजै मलेसिया पुगेका छन्
।
विभिन्न पाँच विधामा हुन लागेको प्रतियोगितामा नेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिष भारतीले चुनौती पेश गर्नेछन् । सिताराम न्यौपाने म्यानेजरको रुपमा नेपाली टिममा सहभागी छन् ।
च्याम्पियनसिपमा कार्टिब स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिब स्लालम र अटो जिमखाना गरि ५ विधा समावेश गरिएको छ । नेपालबाट कार्टिब स्लालम कपमा बर्षा बस्नेत र अमनकुमार चौधरी तथा अटो जिमखानामा अमरज्योती रञ्जित र आशिष भारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् ।
पहिलो पटक ओलम्पिक ढाचामा सञ्चालन हुन लागेको एसियाली स्तरको प्रतियोगितामा नेपालबाट सहभागी वर्षा बस्नेत अटो जिमखाना नेपाल २०२३ की सहभागि हुन् भने सन् २०२३ को पावर टू पावर स्टेरिबमा पहिलो भएर च्याम्पियनसिपमा जान लागेकी हुन् । अमन, अमरज्योती र आशिषले राष्ट्रिय तथा अन्तराष्ट्रिय बाइक रेसिङमा प्राप्त गरेको नतिजा र सफलताका आधारमा एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागीताका लागि पठाईएको नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल) ले जनाएको छ ।
यसअघि एफआईए मोटर स्पोर्ट्स गेम्सको ?पमा गतवर्षदेखि फ्रान्सबाट सुरु भएको वल्र्ड च्याम्पिएनसिप पछि यस किसिमको प्रतियोगिता मोटर स्पोर्टस एसोसियन अफ मेलेसियासँगको सहकार्यमा पहिलो पटक एसिया–प्यासिफिक स्तरमा आयोजना हुन लागेको हो । १५ वर्ष अघिदेखि नेपालमा सुरुवात भएको मोटर स्पोर्ट्सले पहिलो पटक ओलम्पिक ढाचामा एसियाली स्तरको प्रतियोगितामा सहभागीता जनाउन लागेको हो ।
सर्ट सर्किटलाई आधार गरेर डिजाईन गरिएको च्याम्पियनसिपमा नेपालले अटो–जिमखानाबाट पदकको आशा गरेको छ । यसअघि अमरज्योती रञ्जितले एसिया प्यासिफिक अटो–जिमखान च्याम्पियनसिपको फाइनल राउण्डसम्मको यात्रा तय गरेका थिए । प्रतियोगितामा सहभागी हुने दर्ता शुल्क, यातायात, होटल, गियर र ग्याजेट गरि करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले अटो जिमखानामा राम्रो प्रर्दशन र पदकको अपेक्षा गरिएको बताए । ‘पुराना रेकर्डका आधारमा अटो जिमखानामा पदक आउने अपेक्षा गरेका छौं’, भट्टराईले भने–‘हाम्रो स्तरको मोटर स्पोर्ट्समा बल्ल प्रवेश गरेका छौं । ओलम्पिक ढाचाको एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगितामा खेलाडी सहभागी भएका छन् । आगामि दिनमा यस इभेन्टमा नै केन्द्रित हुने र सहभागीतालाई वृद्धि गर्दै लैजाने लक्ष्य छ ।’
हेटौंडा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वुमन्स इन्टरनेशनल मोटरसाइकल एशोसियसन...
काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...