काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौं– विश्व पर्यटन दिवसको अवसरमा नासा(नेपाल अटोमोबाईल्स एसोसिएसन) नेपाल र बीमा नेपालले संयुक्त रुपमा काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना गर्ने भएका छन् । हरेक वर्ष जस्तै यस वर्षपनि विश्वभरी पर्यटन दिवसको अवसर पारेर असोज १३ गते सो -याली आयोजना गर्न लागिएको हो ।

-यालीमा उपत्यका पर्यटन कार्यालय, हातिवन, ललितपुरले समेत सहकार्य गर्ने भएको छ । नासा नेपाल र सो संस्थाका विभिन्न क्लबहरूले विगतका वर्षमा पनि पर्यटन प्रवर्धन गर्ने हेतुले बिभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए ।

उपत्यका पर्यटन कार्यलयले बागमती प्रदेशमा रहेका विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गर्नुका साथै प्रवर्धनात्मक कार्य गर्ने र यससँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गर्दै आन्तरिक पर्यटनलाई बढावा दिँदै आएकोमा यस वर्ष काठमाडौँ नजिकैको लोकप्रिय गन्तब्य नमोबुद्धसम्म टुरिङ्ग र्‍याली आयोजना गर्न लागिएको नासा नेपालले जनाएको छ ।

१०० भन्दा बढि राइडर सहभागी रहने उक्त -यालीको मुख्य उद्देश्य युवा तथा मोटरसाइकल चालकहरुलाई आन्तरिक पर्यटनमा जोड्नु रहेको छ ।

सानो हातिवनस्थित उपत्यका पर्यटन कार्यालयबाट बिहान ८ बजे सुरु हुने सो र्‍याली कोटेश्वर–सल्लाघारि–सागाँ–बनेपा–धुलिखेल हुदै नमोबुद्ध पुग्नेछ भने पुनः धुलिखेल आएर समापन हुनेछ । र्‍यालीको लागि सन्तोष न्यौपाने, सञ्जु बज्रचार्य र मिङ्मा डोल्मा तामाङ रहेको समिति गठन गरिएको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई...

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं – नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा...

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...