वीरगञ्ज हुँदै १५ हजार २७१ विद्युतीय सवारीसाधन आयात, कुृन कति ?
वीरगञ्ज–चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड...
पोखरा– पोखरामा सिट्रोन कारको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखराका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको शोरुम नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
यातायात कार्यालय गण्डकीका प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् ।
शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री शुभारम्भ गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ ।
पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेष्ट्र ड्राइभसमेत सुरु भएको एसएसएल मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए । ‘राम्रो फिचरसहितको सिट्रोन गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेष्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’
पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।
हालसालै नेपाल भित्रिएको सिट्रोन ई–सी३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । दुईवटा भेरिएन्टमा उपलब्ध यसको लाइभ भेरिन्टलाई ३२ लाख ९९ हजार र फिलको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ
वीरगञ्ज–चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड...
बीवाइडीले आज थाइल्यान्डमा आफ्नो लोकप्रिय इलेक्ट्रिक कार सील लन्च गरेको छ...
ओला इलेक्ट्रिकले डिसेम्बर २०२१ देखि आफ्नो इलेक्ट्रिक स्कुटरको उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...