अटो शोमा निसानको सेकेन्ड जेनेरेशन लीफ, यस्ता छन् फिचर

काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल प्रदर्शनीमा राखेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइट एएमटी, सेकेन्ड जेनेरेशन लीफ र नभरा प्रो फोरएक्सको लाइफस्टायल एडिसनलाई मेलास्थलबाट सार्वजनिक गरेको हो ।

इलेक्ट्रिक कारले अवलोकनकर्ताको ध्यान आकृष्ट गरिरहेकोमा निसानको स्टलमा पनि लीफ ईभीले दर्शकको ध्यान केन्द्रित गरिरहेको छ । विगत केही वर्षयता नेपाली बजारमा बिक्री हुँदै आएको लीफ जापनिज ब्रान्डको प्रिमियम ईभी खरिद गर्न चाहनेहरुका लागी उपयुक्त विकल्प वन्दै आएको छ ।

मेलामा प्रदर्शनी गरिएको लीफ सेकेन्ड जेनेरेशनमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३१० किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ । अल–इलेक्ट्रिक ई–पावरट्रेनले चल्ने यो ईभीको पिक पावर ११० किलोवाट र टर्क ३२० एनएम छ । यसलाई १४० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।

लीफमा पाइने ई–पेडलले चालकलाई एक्सेलेटरमा लगाईएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन र रोक्न सहज बनाउँदछ । जब एक्सेलेटर पूर्ण रूपमा रिलिज हुन्छ, रिजेनेरेटिभ ब्रेक र फ्रिक्सन ब्रेकले स्वचालित रूपमा कारलाई रोक्दछ । यसो हुँदा खुट्टा एक पेडलबाट अर्कोमा सार्ने आवश्यकता कम भई ड्राइभिङ सरल र थप सुविधाजनक हुन्छ । यो विशेषता शहर ट्राफिकको लागि निकै उपयुक्त छ ।

यसमा इन्टिलिजेन्ट ड्राइभिङ असिस्टेन्स जस्ता फिचरहरु पाउन सकिन्छ । जसले चालकहरूलाई ड्राइभिङ गर्दा थप आत्मविश्वास प्रदान गर्दछ । यी सुविधाहरूमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर, हाई बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन् ।

यसमा पाइने इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट ड्राइभर अलर्टनेस, रियर क्रस ट्राफिक अलर्ट ब्लाइन्ड स्पट वार्निङ लेन डिपार्चर वार्निङ, इन्टेलिजेन्ट लेन इन्भेन्शन र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल जस्ता विशेषताले चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्दछ । निसान लिफमा डुअल–टोन बडी र यसको प्रतिष्ठित फ्लोटिङ रुफ सहितको आकर्षक डिजाइन छ । इभि ब्लु एक्सेन्ट र भी–मोसन ग्रिलले गाडीलाई आकर्षक देखाउन मद्धत गरेको छ । साथै, भित्र इन्टेरियरमा पाँच जनाको लागि पुग्ने फराकिलो सिट रहेको छ ।

निसानले यसमा भेइकल–टु–एभ्रीथिङ (भी२एक्स) प्रविधि दिएको छ । जसको साहयताले ब्याट्रीबाट विभिन्न प्रकारका घरयासी उपकरण प्रयोग गर्न वा पावर ग्रिडमा फिर्ता गर्न गर्न मिल्छ । यो कारमा कम्पनीले ३ वर्ष अर्थाता १ लाख किलोमिटर वरेन्टि दिएको छ भने ब्याट्रीमा ८ वर्ष अर्थात १ लाख ६० हजार किलोमिटर वारेन्टि पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको फुल सेल्फ ड्राइभिङ सफ्टवेयर चीनमा लन्च हुने, चिनियाँ कम्पनी बाइडुसँग सम्झौता

टेस्लाको फुल सेल्फ ड्राइभिङ सफ्टवेयर चीनमा लन्च हुने, चिनियाँ कम्पनी बाइडुसँग सम्झौता

टेस्लाले ४ वर्षअघि आफ्नो अटोपाइलट सफ्टवेयरको सबैभन्दा अटोनोमस भर्सन...

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर...

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...