हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने
काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माइक्रो एसयूभी एक्स्टर लन्च गरेको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सानो र सस्तो एसयूभीका रुपमा परिचित एक्स्टरलाई कम्पनीले नाडा अटो शो–२०२३ मा लन्च गरेको हो ।
अटो शोमा प्रदर्शनीका लागी मात्र ल्याइएको सो एसयूभीको मूल्य निर्धारण गरिएको छैन । कम्पनी स्रोतका अनुसार एक्स्टरको वुकिङ समेत तत्काल खुल्ला गरिने छैन । यसको अनुमानित मूल्य ४० देखी ४४ लाखसम्म पर्ने अनुमान गरिएको छ ।
१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । माइक्रो एसयूभी सेग्मेन्टको एक्स्टरमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका टाटा पन्च, मारुती सुजुकी इग्निस र सिट्रोन सी३ मा नभएका प्रशस्तै सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो ।
हुन्डाईले एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ, डुअल क्यामेरा सहितको ड्यासक्याम र वायरलेस चार्जर पाउन सकिन्छ ।
साथै सो एसयूभी टाईप–सी यूएसवी फास्ट चार्जर, पावर आउलेट सहितको रियर एसी भेन्ट, प्याडल सिफ्टर, १२ प्रकारका भाषा सपोर्ट गर्ने डिजीटल इन्स्ट्रयूमेन्ट क्लस्टर, अन–वोर्ड नेभीगेसन सिस्टम, एम्विएन्ट साउन्ड अफ नेचर, होम टु कार, वर्गलर अलार्म, थ्री प्वाइन्ट सीट वेल्ट, हील एसिसस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सबाट सुसज्जित रहेको छ ।
काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
आयोनिक७ को २०२४ मोडल थ्री रो सीट सहित तीन भिन्न पावरट्रेनमा आउने भएको छ ।...
काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...