विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी, ६ महिनामा बेच्यो साढे १२ लाख गाडी

चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भएको छ । बीवाईडीले मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो ।

नवीकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेइकल) बनाउने बीवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडी बिक्री पनि गरेको छ । कम्पनीले यो अवधिमा १२.५ लाख गाडी बिक्री गर्दै शीर्ष १०औं स्थानमा सामेल भएको हो ।

बीवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ । लगातार चौथो महिनामा बीवाईडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो । २०२३ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले यो अवधिमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ । बीवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बीवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो ।

सन् २०२२ अप्रिलबाट भने कम्पनीले कम्बसन इञ्जिन गाडीहरुको उत्पादन बन्द गर्ने र विद्युतीय गाडीमा मात्रै केन्द्रित हुने घोषणा गरेको थियो ।

नेपालमा पनि बीवाईडीका गाडी बिक्रीका लागि उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका गाडी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

जापनिज कम्पनी सोनी र होन्डाले इलेक्ट्रिक सवारी साधन विकास तथा बिक्री...

यसकारण बढ्दै छ स्कुटरको लोकप्रियता : मूल्य, सहजता र नयाँ विकल्पले बदल्दै छ दुईपांग्रे बजार

यसकारण बढ्दै छ स्कुटरको लोकप्रियता : मूल्य, सहजता र नयाँ विकल्पले बदल्दै छ दुईपांग्रे बजार

एक प्रतिष्ठित सरकारी निकायमा कार्यरत दिपक मेहताले हालै एथरको इलेक्ट्रिक...

८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव

८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव

काठमाडौं – नेपाली सडकमा ८ सय भन्दा बढी ओमोडा र जेइकोका ईभी बिक्री भएका छन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...