ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्स (जीडब्ल्युएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भीजी इम्पेक्स तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्यावल ब्रान्डका एसयुभी, पावर ब्रान्डका पिकअप तथा ओरा ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठहरिएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याउने गरेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार १२५...

इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस

इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस

काठमाडौं – प्रतिष्ठित आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले...

प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने

प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...