भीजी इम्पेक्सद्वारा जीडब्ल्युएम ओरा ०३ इलेक्ट्रिक क्रसओभरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर ओरा ०३ को डेलिभरी प्रारम्भ गरेको छ ।

गत जेठ ३ देखि बुकिङ प्रारम्भ गरिएको सो रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकहरुबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको भनाइ छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, ड्युअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडेप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ किलोवाट आवरको ब्याट्रीको साथ एनईडीसीका अनुसार ४०० किलोमिटरको प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले एनक्याप र युरो एनक्याप दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ । यसले गर्दा हरेक यात्रामा आत्मविश्वास जगाउने कम्पनीको भनाइ छ ।

ओरा ०३ मा सिक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेइकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

भीजी इम्पेक्सले यो भन्दा पहिले नै नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन, पावर र विंगल५ जस्ता विश्वव्यापी लोकप्रिय मोडल समेत बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

भल्वोको दोस्रो इलेक्ट्रिक कार सी४० रिचार्ज सार्वजनिक, ५३० किमी रेन्ज

भल्वोको दोस्रो इलेक्ट्रिक कार सी४० रिचार्ज सार्वजनिक, ५३० किमी रेन्ज

भल्वो सी४० रिचार्ज ईभी आधिकारिक रूपमा भारतमा सार्वजनिक गरिएको छ । जुलाई...

विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

काठमाडौं–विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने ब्यवस्था लागु...

बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी

अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...