२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार मोडल एच सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर वर्ल्डवाइड प्रालिले सो मिनीकार नेपाली बजरमा बिक्री–वितरण गर्नेछ ।

नेपाली बजारमा पहिले नै उपलब्ध भए पनि अहिले थप सुरक्षा फिचरका साथ यो गाडी उपलब्ध भएको हो । ४ जना बस्न मिल्ने ५ ढोके सो मिनी कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्विलबेस २४४० एमएम छ ।

३५ किलोवाटको मोटर र १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मिनी कारले सिंगल चार्जमा १८५ किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

चिनियाँ कम्पनी डोङफेङ ग्रुप र निसान मोटर्सको संयुक्त लगानीमा निर्माण भएको कम्पनी हेनरीमा इलेक्ट्रिक पावर स्टेयरिङ, १० इन्च एलसीडी, म्यानुअल एसी, हिटर, पीयू लेदर सिट, पावर विन्डो रिभर्स क्यामेरा र पार्किङ सेन्सर, आल्मुनियम ह्विल, थ्री प्वाइन्ट बेल्ट, रिमोट सेन्ट्रल लक, कन्ट्रोल बटन, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ईपीएस र इन्टिग्रेटेड डिजिटल इन्फोटेनमेन्ट लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

यसमा डे टाइम रनिङ लाइट , एलइडी हेडलाइट, नयाँ टेललाइट जस्ता फिचर थप भएर आएको छ ।

सो कारको मूल्य २४ लाख ५० हजार रुपैयाँ भए पनि यसमा १ लाख ५० हजार छुट समेत उपलब्ध छ । यसका आधारमा यसको मूल्य हाल २३ लाख रुपैयाँ हुनेछ ।

सम्बन्धित समाचारहरू

रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी, गरियो डेलिभरी

रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी, गरियो डेलिभरी

काठमाडौं – नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाको रोजाइमा जेइको जे६...

टेस्ला र बीएमडब्ल्युको प्रतिस्पर्धी बन्न फक्सवागन आईडी एरो आउने, सिंगल चार्जमा ६२० किमी चल्ने

टेस्ला र बीएमडब्ल्युको प्रतिस्पर्धी बन्न फक्सवागन आईडी एरो आउने, सिंगल चार्जमा ६२० किमी चल्ने

फक्सवागनले नयाँ इलेक्ट्रिक कार फक्सवागन आईडी एरोको कन्सेप्ट भर्सन...

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

काठमाडौं – करिव डेढ महिना पहिले नेपाली बजारमा लन्च गरिएको ओमोडा ई५ ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...