थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १ देखि ३ सम्म थाइल्यान्डमा हुने एसिया कप अफ रोड रेसिङ (एसीआरआर) मा भाग लिन तीन सदस्यिय नेपाली टोली आज बैंकक प्रस्थान गरेको छ । नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आषिक लामा (काठमाडौँ) तथा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिव विनोद तन्डुकार अफिसियलको रूपमा त्यसतर्फ प्रस्थान गरेका हुन ।

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवर, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष एवं मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई आज बिदाइ गरे ।

थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सीसीका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आ देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् ।

२५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौडाईको उक्त ट्रयाकमा ६ वटा दायाँ मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्यान्ड, फिलिपिन्स, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।

सम्बन्धित समाचारहरू

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको...

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...