ग्राहकले पाउन थाले लीपमोटर बी१०, नेपालभर डेलिभरी सुरु
काठमाडौं– लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले...
दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको इलेक्ट्रिक स्कुटर एमएनके–३ खरिद गर्दा ग्राहकले २० हजार नगद छुट पाउने भएका छन् । नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले भादौ १५ देखी १७ गतेसम्म आयोजना हुने उक्त शो लाई लक्षित गरी नगद छुटको योजना ल्याएको हो ।
एमएनके–३ लाई कम्पनीले लिड एसिड, ग्राफिन र लिथियम आयोन ब्याट्री भर्सनमा उपलब्ध गराउँदै आएको छ । जसको मूल्य क्रमश १ लाख ७३ हजार ९००, १ लाख ८२ हजार ९०० र २ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
साथै कम्पनीले मेला स्थलबाटै नयाँ स्कुटर एस–७० प्रो मोडललाई समेत लन्च गर्ने जनाएको छ । सो नयाँ स्कुटरमा लुयानले २.८ किलोटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।
लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको एलइडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।
सो नयाँ स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं– लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले...
जेडी पावरले ईभीमा हालै गरेको गुणस्तर सर्बेक्षणको निष्कर्ष सार्बजनिक...
काठमाडौं – शनिबार नेपाली बजारमा लन्च गर्ने तयारी भइरहेको चिनियाँ कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...