चार पाङ्ग्रेबाट यी १६ ब्रान्ड सहभागी हुँदैछन् नाडा अटो शोमा, कसले के नयाँ ल्याउँदै छन्

१४ दिनपछि सुरु हुने नाडा अटो शो–२०२३ मा चारपाङ्ग्रे सवारी साधनबाट कुल १६ ब्रान्डले सहभागीता जनाउने भएका छन् । यी मध्ये अधिकांश ब्रान्डले ईभीको प्रदर्शनीलाई प्राथमिकतामा राखेका छन् भने केही नयाँ ब्रान्ड मेला स्थलबाटै औपचारिक रुपमा पहिलोपटक नेपाल भित्रिएको घोषणा हुनेछ ।

यसपटक बीवाइडी, एमजी, नेटा र वुलिङले इभीलाई मात्र प्रदर्शनीमा राख्ने छन् भने नयाँ ईभी ब्रान्डका रुपमा सेरेस, मेक्सस र जी ईभी नामक कम्पनीले ल्याउन लागेको नाम उल्लेख नगरिएको नयाँ ब्रान्ड पहिलोपटक नेपाल भित्रिने तयारीमा छन् ।

यसैगरी सिट्रोन, ग्रेटवाल, हुन्डाई, कीया, निसान र टाटाका भने इलेक्ट्रिक कारसंगै कम्वसन गाडीलाई पनि स्टलमा देख्न पाइनेछ । फोर्ड, महिन्द्रा र सुजुकीसंग इलेक्ट्रिक कार नभएका कारण यी ब्रान्डका स्टलमा दर्शकले कम्वसन इन्जिनयुक्त गाडीमात्र अवलोकन गर्न पाउनेछन् ।

मेलामा बीवाइडीले नयाँ मोडलका रुपमा डल्फिन इभीलाई औपचारिक रुपमा लन्च गर्ने तयारी गरेको छ भने सो ब्रान्डको स्टलमा हाल सवैभन्दा वढी चर्चा बटुल्न सफल एट्टो–२ र ई–६ समेत सोकेश गरिनेछ । यसैगरी एमजीले जेडएस इभीको प्रदर्शनसंगै नयाँ मिनी कार कोमेट लन्च गर्न सक्ने संभावना देखिएको छ ।

नेटाले हाल विक्री गर्दै आएको भी मोडललाई सोकेस गर्ने तयारी गरेको छ भने अर्को नयाँ मोडल ‘यू’ आउनसक्ने देखिएको छ । वुलिङले हाल बिक्री गर्दै आएको एयर मिनी ईभीलाई आफ्नो स्टलमा सजाउनेछ ।

नयाँ ब्रान्डका रुपमा पहिलो पटक नेपाल आउन लागेको सेरेसले नयाँ इलेक्ट्रिक क्रसओभर सेरेस–३ र अर्को नयाँ मिनी इभी लन्च गर्ने भएको छ । यसैगरी मेक्ससले मीफा–९ नाम गरेको नयाँ एमपीभी र जी ईभीले नाम उल्लेख भईनसकेको नयाँ ब्रान्ड ल्याउनेछन् ।

कम्वसन र ईभी दुवै सेग्मेन्टका गाडी बिक्री गर्दै आएका हुन्डाई, किया, टाटा, सिट्रोन, ग्रेटवाल र निसानमध्ये किया र टाटाले मेलास्थल बाटै क्रमशः ईभी–६ र टियागो इभीलाई औपचारिक लन्च गर्ने तयारी गरेका छन् । हुन्डाईले आयोनिक–५ र कोना इभीसंगै क्रेटा, टुसान र भेन्यू लगायत मोडललाई प्रदर्शनीमा राख्नेछ ।

साथै हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भारतमा केही समयअघि लन्च भएको माईक्रो एसयूभी एक्सटरलाई पनि मेलास्थलबाटै औपचारिक लन्च गर्ने संभावना देखिएको छ ।

सिट्रोनको स्टलमा दर्शकले सी–३ को कम्वसन र इलेक्ट्रिक दुवै मोडललाई अवलोकन गर्न पाउनेछन् । यसैगरी ग्रेटवालको स्टलमा इलेक्ट्रिक कार ओरा–३ सहित हाभल र जोलियन एसयूभी, फोर्डको स्टलमा एभरेष्ट एसयूभी र रेन्जर पिकअप तथा निसानको स्टलमा लीफ ईभी र म्याग्नाइट लगायत मोडल सोकेस गरिनेछ ।

मारुती सुजुकीले हालसालै नेपाल ल्याएको ४ वटा नयाँ एसयूभी सो ब्रान्डको स्टलमा सजिनेछन् । नेपालका लागि आधिकारिक वितरक सिजी मोटो कर्पले केही समयको अन्तरालमा ल्याएर बिक्री थालेकको ग्रान्ड भिटारा, नयाँ ब्रेजा, फ्रोङक्स र जिम्नी अफरोड एसयूभी दर्शकको आकर्षणमा पर्नेछन् ।

महिन्द्राले नेपाल ल्याउन लागेको भनेर चर्चा गरिएको इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० तत्काल आउने संभावना टरेसंगै सो ब्रान्डको स्टलमा दर्शकले स्कर्पियो एन र एक्सयूभी ४०० लगायत एसयूभीलाई अवलोकन गर्न सक्ने छन् ।

मेलामा यसपटक जीप, स्कोडा, फक्सवागन, टोयोटा, सुवारु, प्रोटोन, मित्सुविसी, टेस्ला, औडी र विएमडब्लू लगायत ब्रान्ड भने सहभागी हुनेछैनन् । यी ब्रान्डसंग नयाँ मोडलका कार उपलब्ध नभएका कारण सहभागी हुन अनिच्छुक देखिएको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

उत्सर्जन परीक्षणका लागि भारतले डब्लुएलटीपी साइकल अपनाउने

उत्सर्जन परीक्षणका लागि भारतले डब्लुएलटीपी साइकल अपनाउने

भारतले अव उत्सर्जन परीक्षणका लागि वल्र्डवाइड हार्मोनाइज्ड लाइट भेइकल...

ओमोडा, जेइको र जेटुर पछि अब चेरीको अर्को सब–ब्रान्ड हुनेछ लेपास

ओमोडा, जेइको र जेटुर पछि अब चेरीको अर्को सब–ब्रान्ड हुनेछ लेपास

हालै चीनमा सम्पन्न २०२४ चेरी इन्टरनेसनल युजर समिटमा चेरीले...

गत आर्थिक वर्षमा भित्रिए ९ हजार ५२ विद्युतीय सवारी, कुल सवारीको २ प्रतिशत

गत आर्थिक वर्षमा भित्रिए ९ हजार ५२ विद्युतीय सवारी, कुल सवारीको २ प्रतिशत

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...