१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स युट्युबमा १० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बनेका छन् । उनको प्रसिद्ध युट्युब च्यानल एमआरबी भ्लग्सले हालै सो माइलस्टोन हासिल गरेको हो ।

मोटो भ्लगिङ र राइडिङमा राम्रो छाप बनाएका थापा आफूलाई मोटो भ्लगरको रुपमा चिनाउन चाहन्छन् । उनका फ्यानहरुले पनि उनलाई मोटो भ्लगर नै भनेर चिन्छन् । यद्यपि उनमा बाइक रेसिङ र यस सम्बन्धी अन्य विधामा समेत शौखिन छन् । हालै उनले सुरक्षा केसीसँग इन्गेजमेन्ट समेत गरेका छन् ।

विशेष गरी युवा पुस्ता माझ उनी निकै नै चर्चित छन् । पहिले बाइक स्टन्ट र अन्य यस्तै भिडियोहरु राखेर उनले शुरु गरेको युट्युब च्यानलमा २०७७ सालमा २ लाख २० हजार जति सब्स्क्राइबर थिए । छोटो समयमै हाल १० लाख सब्स्क्राइबर पुगेका छन् ।

विद्यालय जाने उमेरभन्दा अघि देखि नै थापाले साइकल चलाउन सिकिसकेका थिए । उनी बच्चामा पनि अरु भन्दा फरक क्रियाकलाप गर्थे । साइकल त सबैले चलाउँथे, तर उनको साइकल चलाई बिल्कुलै फरक हुन्थ्यो । उनलाई अप्ठेरो बाटो, सिँढी, भ¥याङहरुमा साइकल दौडाउन मन पथ्र्यो । त्यसो त उनी ५–६ वर्षकै उमेरमा साइकल स्टन्ट गर्थे । ‘मलाई सानैदेखि अरुभन्दा फरक काम गर्न मन लाग्थ्यो,’ उनी भन्छन्, ‘म बच्चैदेखि साहसी थिएँ, जसले गर्दा मैले साइकल चलाएको देखेर सबै अचम्म मान्नुहुन्थ्यो ।’

पछि बाइक राइडिङ र विभिन्न इभेन्टमा सहभागी हुँदै गर्दा उनमा भएको यो शोखले पूर्णता पाउदै गयो । आज धेरै फ्यानहरुले उनलाई भेट्न र कुराकानी गर्न रुचाउछन् । बाइक राइडिङ र अन्य यस्तै क्रियाकलापका भिडियो पोस्ट गर्ने र विविध गतिविधि गरेरै उनले प्रशस्तै रकम समेत आर्जन गर्न सफल भएका छन् । धेरैको प्रेरणाको स्रोत बनेका छन् ।

सम्बन्धित समाचारहरू

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

डुकाटीले आफ्नो पहिलो मोटोक्रस मोटरसाइकल डुकाटी डेस्मो४५० एमएक्स भारतीय...

नयाँ डर्ट बाइक ल्याउदै अप्रिलिया, वेबसाइटमा सूचीबद्ध, चाँडै लन्च हुने संकेत

नयाँ डर्ट बाइक ल्याउदै अप्रिलिया, वेबसाइटमा सूचीबद्ध, चाँडै लन्च हुने संकेत

आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक...

पल्सर अब फ्लेक्स फ्युलमा चल्ने, यस्तो छ विशेषता

पल्सर अब फ्लेक्स फ्युलमा चल्ने, यस्तो छ विशेषता

बजाज अटोले हालै विश्वको पहिलो सीएनजी बाइक फ्रिडम १२५ लन्च गरेको छ । अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...