बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक मानिसका आ–आफ्नै सौख र चाहना हुन्छन् । त्यही सौख कतिपयको चिनारी र सफलताको कथा बनिदिन्छ । मोटरसाइकल स्टन्टको सौखले म्याग्दीका बिविदजंग थापालाई मोटो भ्लगर र एडभेन्चर बाइक राइडरका रुपमा परिचित गरायो । सानैदेखि मोटरसाइकल स्टन्ट गर्ने सौख बनाएका विविदजंग यतिबेला पछिल्लो युवापुस्तामाझ निकै लोकप्रिय छन् ।
विद्यालय जाने उमेरभन्दा अघि देखि नै थापाले साइकल चलाउन सिकिसकेका थिए । उनी बच्चामा पनि अरु भन्दा फरक क्रियाकलाप गर्थे । साइकल त सबैले चलाउँथे, तर उनको साइकल चलाई बिल्कुलै फरक हुन्थ्यो । उनलाई अप्ठेरो बाटो, सिँढी, भ¥याङहरुमा साइकल दौडाउन मन पथ्र्यो । त्यसो त उनी ५–६ वर्षकै उमेरमा साइकल स्टन्ट गर्थे । ‘मलाई सानैदेखि अरुभन्दा फरक काम गर्न मन लाग्थ्यो,’ उनी भन्छन्, ‘म बच्चैदेखि साहसी थिएँ, जसले गर्दा मैले साइकल चलाएको देखेर सबै अचम्म मान्नुहुन्थ्यो ।’
साइकल कुदाउँन पोख्त थापाले कक्षा ७ मा पुगेपछि काकाको मोटरसाइकल सिक्न थाले । मोटरसाइकल छिट्टै सिकेको उनी बताउँछन् । त्यसपछि मोटरसाइललाई साहसी पाराले कुदाउँन थाले । उनी मोटरसाइकलको स्टन्ट पनि गर्न थाले । मोटरसाइकल स्टन्ट गर्दा उनी अझै उत्साहित बने । तर, त्यतिबेला उनले बाइक चलाएको देखेर उनका बुबाआमा भने निकै आत्तिन्थे । उनी एक्लो छोरा थिए । जसले गर्दा उनले राम्रो पढे हुन्थ्यो भन्ने आमाबुबो चाहना थियो । तर, विविदजंगको ध्यान पढाईमा कम मोटरसाइकलमा बढी हुन थाल्यो । उनको झुकाव मोटरसाइकलमा बढी देखेपछि उनका बुबाआमाले एसएलसी दिइसकेपछिमात्र मोटरसाइकल किनिदिने बाचा गरे ।
एसएलसी दिएपछि विविदजंग म्याग्दीको माउन्ट एभरेष्ट माविमा एघार कक्षामा भर्ना भए । एसएलसी दिए लगत्तै उनलाई बुबाआमाले पल्सर टु ट्वान्टी मोटरसाइकल किनिदिए । त्यसपछि उनी कलेजका साथीहरुसँग बाइक स्टन्ट गर्न विभिन्न ठाउँमा जान थाले । उनको बाइक स्टन्ट कला देखेर उनका साथीहरुले उनलाई हौस्याउँथे । एक त बाइक स्टन्ट गर्ने सानैदेखिको सौख त्यहाँमाथि साथीहरुको उक्साहटले उनलाई मोटरसाइकल प्रतिको मोहलाई सँग–सँगै तानिरह्यो ।
एमआरबी भ्लग नामको युट्युब च्यानलमा २ लाख २० हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् । त्यसमा विभिन्न कम्पनीको स्पोन्सर, विज्ञापन गरेर मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुने थापा बताउँछन् ।
त्यही झुकावले उनले सन् २०१७ मा पल्सर नेपालले काठमाडौंमा आयोजना गरेको पल्सर डेयरभेन्चर सिजन–२ मा भाग लिए । तर त्यतिबेला आफूमा बोल्ने कला राम्रो सँग विकास नभएकाले अडिसन राउण्डबाटै बाहिरिएको थापा बताउँछन् । ‘पल्सर नेपालले आयोजना गरेको पल्सर डेयरभेन्चर सिजन २ मा सहभागि हुन गएको थिएँ,’ उनले भने, ‘त्यतिबेला मेरो बोल्ने कलाको विकास भैसकेको थिएन जसले गर्दा म अडिसन राउण्डबाटै बाहिरिएँ ।’
त्यतिबेला उनी निकै दुःखी बने । तर, हरेस खाएनन् । पल्सर डेयरभेन्चर सिजन ३ मा पनि उनले भाग लिए । त्यतिबेला उनले बोल्ने कलाको विकास गरिसकेका थिए । त्यसमा उनी तेस्रो भए । साथै मोस्ट पपुलर राइडर अवार्डसमेत जिते । यो भोटिङको आधारमा अवार्ड विजेता घोषणा गरिएको थियो । जसमा थापाले सर्वाधिक भोट पाएका थिए । मोस्ट पपुलर राइडर अवार्ड जितेसँगै उनले टु हन्ड्रेड एनएस पल्सर मोटरसाइकल जिते । यो सँगै उनको चर्चा सहरदेखि गाउँसम्म भयो ।
उनका बाबुआमाले पनि गर्वबोध गर्न थाले । ‘सुरु–सुरुमा मैले मोटरसाइकल कुदाएको र मैले मोटरसाइकलको स्टन्ट गर्छु भन्ने थाहा पाउँदा मेरो बुबाआमा निकै आत्तिनुहुन्थ्यो,’ २३ वर्षीय थापा भन्छन्, ‘जब मैले यसैमा नाम दाम दुवै हात पार्न थालेँ, अहिले मेरा बुबाआमा मेरो प्रगति र सफलतामा गर्व गर्न थाल्नुभएको छ ।’
सन् २०१८ को पपुलर राइडरको अवार्ड जितिसकेपछि थापामा थप उत्साह पलायो । त्यसपछि उनी मोटरसाइकलका स्टन्ट, ह्विली, स्टपीको थप अभ्यास गर्न थाले । साथै, गाउँघरतिर बाइक स्टन्ट गरेका भिडियोहरुको ब्लग बनाएर आफ्नो युट्युब च्यानलमा हाल्न थाले । यसरी मोटर भ्लगिङ सुरु गरेपछि उनी राइडिङका लागि लोमान्थाङ गए । त्यहाँ तयार पारेको भ्लग उनले युट्युबमा हाले । त्यो भिडियो निकै चर्चित भयो । अहिले उनको युट्युबमा १ सय २९ वटा भन्दा बढी भिडियो अपलोड भएका छन् । जसमध्ये अधिकांश भिडियो हिट छन् ।
एमआरबी भ्लग नामको युट्युब च्यानलमा २ लाख २० हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् । त्यसमा विभिन्न कम्पनीको स्पोन्सर, विज्ञापन गरेर मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुने थापा बताउँछन् ।
अहिले उनलाई विभिन्न कम्पनीले प्रमोशनका लागि अफर गर्ने गर्छन् । अहिलेसम्म उनले क्रसएक्स, यमाहाको नयाँ मोडलको स्कुटर र बजाजका पल्सर मोटरसाइकलको प्रमोशन गरिसकेका छन् । यसअघि उनी टीभीएस रेसिङका लागि भारतको चेन्नाई समेत पुगेका थिए ।
मोटो भ्लगिङ र राइडिङमा राम्रो छाप बनाएका थापा आफूलाई मोटो भ्लगरको रुपमा चिनाउन चाहन्छन् । उनका फ्यानहरुले पनि उनलाई मोटो भ्लगर नै भनेर चिन्छन् । ५० जिल्लाका विभिन्न ठाउँमा मोटो भ्लग बनाउन पुगेका थापाले थुप्रै समर्थक कमाएका छन् । त्यसो त कतिपय प्mयानले उनलाई अफरोड किङको उपमा समेत दिइसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...