ओरेन्ज कलरमा आकर्षक एमजी ४ इलेक्ट्रिक ह्याचब्याक, परीक्षणमै चर्चा (फोटोफिचर)

नेपालमा केही समय पछि एमजीको नयाँ इलेक्ट्रिक ह्याचब्याक एमजी ४ उपलब्ध हुने भएको छ । त्यो भन्दा पहिले नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले परीक्षणका लागि सो इलेक्ट्रिक ह्याचब्याक ल्याएको छ । आकर्षक ओरेन्ज कलरमा उपलब्ध सो नयाँ कार अहिले चर्चामा छ ।

हाल परीक्षणका लागि ल्याइएको एमजी ४ मा ९९ किलोवाटको मोटर छ भने ५१ किलोवाट आवरको ब्याट्री छ । यसमा भएको ब्याट्रीलाई ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ र सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिन्छ ।

एमजीले नेपाली बजारमा पहिले देखि नै जेडएस ईभी उपलब्ध गराइरहेको छ । यद्यपि एमजी जेडएस इलेक्ट्रिक मात्र नभई पेट्रोलियम भर्सनमा समेत उपलब्ध छ । तर एमजी ४ कम्पनीको पहिलो फुल्ली इलेक्ट्रिक प्लेटफर्ममा बनेको सवारी साधन समेत हो । त्यसैगरी यसमा ब्याकह्विल ड्राइभ छ ।

आकर्षक ओरेन्ज कलर र हेर्दा ल्याम्बोर्गिनी कार जस्तो देखिने स्पोर्टी स्टाइलको एमजी ४ मा भएका आकर्षक प्रोजेक्टर हेडल्याम्प र भर्टिकल साइड लाइटले झन आकर्षक बनाएको छ । ब्ल्याक कलर समेत मिसिएको टु टोन फिनिस जस्तो पनि यसमा देखिन्छ ।

३६० डिग्री क्यामेरा, सेन्सर, ६ एयरब्याग, सिटबेल्ट, अटो होल्ड, हिल असिस्ट लगायतका विभिन्न विशेषता यसमा छन् । विभिन्न ५ ड्राइभ मोडमा चलाउन सकिने एमजी ४ को इन्टेरियरमा ७ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम लगायतका विभिन्न सुविधा उपलब्ध छन् ।

एमजी–४ ५१ र ६४ किलोवाट आवर गरी दुइ ब्याट्री प्याकमा नेपाल आउन लागेको हो । जसमध्ये ५१ किलोवाटको ४८ लाख र ६४ किलोवाटको ५६ लाख रुपैयाँ मूल्य निर्धारण हुनसक्ने कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम

लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...

किन मनाङमा गरियो म्याक्सस ईटेराेन ९ सार्वजनिक ?

किन मनाङमा गरियो म्याक्सस ईटेराेन ९ सार्वजनिक ?

मनाङ – नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल...

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

इलेक्ट्रिक भेइकलमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ख्याती कमाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...