बस्नेतको संयोजकत्वमा नासा फाउण्डेसनमा नयाँ नेतृत्व

काठमाडौं - विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाईल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई, इन्टरनेशल रोड फेडेरेशन (आइआरएफ) जेनेभाका डेपुटी डाइरेक्टर जनरल गोन्जालो अल्कराज (Gonzalo Alcaraz) को उपस्थितिमा सम्पन्न साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको समेत चयन गरेको छ ।

सन् २०१५ मा हलिवुड अभिनेत्राी तथा ग्लोबल रोड सेप्टी एम्बेसडर मिचेल योहको उपस्थितिमा नेपाल अटोमोवाइल्स् एसोसिएसनद्वारा स्थापित यस फाउण्डेसनले ‘अटोमोबाइल एण्ड सोसाइटी’ को थिममा विभिन्न कार्य गर्दै आएको छ।

नेपालको दिगो सडक, सुरक्षित यातायात तथा विभिन्न सामाजिक क्षेत्रका छुट्टै पहिचान भएको नासा फाउण्डेसनको बोर्डमा ई. कृष्णसिँह बस्नेत संयोजक र मधुसुदन सिग्देल कोषाध्यक्ष तथा सुवास भट्टराई कार्यकारी सचिवमा चयन भए। त्यस्तै डा. पुष्पराज पन्त, ई. प्रवेश पौडेल, विपिन गौतम तथा मोनालिसा खम्बु बोर्ड सदस्य चयन गरियो भने दशरथ रिसाललाई पदेन बोर्ड सदस्यमा घोषणा गरिएको छ। साधारण सभाले फाउण्डेसनका कार्यक्रमको समिक्षा गर्नुका साथै कार्यक्रमका निति, कार्ययोजना बजेट तथा समासमायिक क्षेत्रका विभिन्न कार्यका लागि विभिन्न निर्णय गरेको छ।

फाउण्डेसनका पूर्व संयोजक भगवती सेढाईलाई विज्ञ सल्लाकार चयन गर्दै सम्पन्न सो सभामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तावहरु पारित गरिएको थियो।

सम्बन्धित समाचारहरू

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

काठमाडौं – मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा...

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...