एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी बीवाईडीले ५० लाखौं गाडी सार्वजनिक गरेको छ । गत अगस्ट ९ तारिखका दिन बीवाईडीको डेन्जा एन७ गाडीले सो माइलस्टोन हासिल गरेको हो । यति धेरै न्यु इनर्जी भेइकल उत्पादनको लक्ष्य हासिल गर्ने बीवाईडी विश्वकै पहिलो कम्पनी समेत बनेको छ ।
बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चान्फुले ५० लाखौ सवारी साधन सार्वजनिक गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक क्षण भएको बताए । सो अवसरमा उनले कम्पनीलाई विश्वास गरी सो लक्ष्य हासिल गर्न सफल बनाउने सम्पूर्ण ग्राहक तथा अटोमोबाइल उद्योगका सहकर्मी एवं कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे ।
बीवाईडीले १० लाखौ न्यु इनर्जी भेइकल उत्पादनका लागि १३ वर्ष कुर्नुपरेको थियो । अर्को १८ महिनामा त्यस्ता ३० लाख र त्यसपछिको ९ महिनामै ५० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ ।
कम्पनीका लागि सन् २०२२ निकै नै उल्लेख्य रह्यो । यो वर्ष १८ लाख ६० हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भयो । सो कार्यले सन् २०२३ मा पनि निरन्तरता पाएको छ । जनवरी देखि जुलाई सम्मको अवधिमा १५ लाख सवारी साधन बिक्री गर्न कम्पनी सफल भएको छ । ती मध्ये ९२ हजार ४६९ सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न कम्पनी सफल भएको छ, जुन सन् २०२२ को पुरै वर्षमा बिक्री गरिएको भन्दा बढी संख्या हो । जुलाई महिना सम्ममा बीवाईडीले विश्वभर ४८ लाख भन्दा बढी न्यु इनर्जी भेइकल बिक्री गरिसकेको छ ।
सन् २०१० देखि बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउदै गएको छ र सार्वजनिक यातायातका लागि न्यु इनर्जी बस र ट्याक्सी समेत उपलब्ध गराइरहेको छ । विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले सार्वजनिक यातायातका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको छ ।
हाल विश्वका ५४ भन्दा बढी देशमा बीवाईडीका एट्टो ३ लगायतका न्यु इनर्जी भेइकल उपलब्ध छन् । ब्राजिलमा समेत तीनवटा नयाँ फ्याक्ट्री स्थापना गर्ने घोषणा समेत गरिएको छ ।
सन् १९९५ मा स्थापना भएको बीवाईडीले हाल सवारी साधन बाहेक ब्लेड ब्याट्री र अन्य विभिन्न प्रविधि समेत विकास गरिरहेको छ । त्यसैगरी रिसर्च एन्ड डेभलपमेन्टमा पनि प्रशस्तै रकम खर्च गरिरहेको छ ।
पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले घटाउने भिजनका साथ वातावरणमैत्री सवारी साधन र अन्य प्रविधि विकासमा लागेको बीवाईडीले न्यु इनर्जी भेइकलका साथ अझै राम्रो मोबिलिटी अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...
टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट...
बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...