अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी
काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ५० किलोवाट क्षमताको ब्याट्री भएको एट्टो ३ अर्थात एट्टो ३ एड्भान्स्ड नेपाल भित्र्याएको छ ।
केही दिन पहिले देखि नै बुकिङ खुला गरिएको सो इलेक्ट्रिक कारको वारेमा धेरैले चासो गरिरहेका थिए ।
नयाँ मोडलको रुपमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर नै छ ।
नेपाली बजारमा पहिले देखि नै ६०.४८ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ छ । यसमा १०० किलोवाटको मोटर नै छ भने यसको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ तोकिएको छ ।
४९.९२ किलोवाटयुक्त एट्टो ३ लाई एड्भान्स्ड र ६०.४८ किलोवाटयुक्त एट्टो ३ लाई सुपेरियर भनेर राखिएको छ । मूल्य वाहेक यी दुई गाडीको फिचरमा धेरै फरक छैन । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३५० किलोमिटरको रेन्ज दिनेछ ।
हाल यो गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने भएको छ । केही दिनमै यो गाडीको डेलिभरी समेत प्रारम्भ गरिने साइमेक्स इंकले जनाएको छ ।
पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक कारहरु भित्रिरहेका छन् र प्रतिस्पर्धा बढिरहेको छ । यो अवस्थामा प्रतिस्पर्धामा सामेल हुनका लागि विभिन्न फिचरहरुमा परिमार्जन गर्ने लहर बढ्दो छ । यो अवस्थामा बीवाईडी पनि सामेल भएको हो ।
काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब...
काठमाडौं – नेपाली बजारमा स्काइवेलको ईटी५ ईभी बिक्री–वितरण गरिरहेको जी...
सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...