फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि सो पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो ।

सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकको १४०० किलोग्राम भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ । एसी, टचस्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण सो इलेक्ट्रिक पिकअप ट्रक एकदमै लक्जरी रहेको र यसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् ।

यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ।

पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनीको दावी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...