कोरला नाकामा ईभीको रौनकता, नजिकै चार्जिङ स्टेसनले थप्यो अर्को आकर्षण
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि प्रतिष्ठित फर्चुन ग्लोबल ५०० को सूची अन्तर्गत २१२ नम्बरमा रहेर महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । गत वर्ष भन्दा एकैपटक २२४ -याङक माथि बढेर यसले बजारमा महत्वपूर्ण उपस्थिति रहेको प्रमाणित गर्नुका साथै विश्वव्यापी रुपमा तीव्र रुपमा वृद्धि भइरहेको ईभी ब्रान्डको पहिचान समेत कायम गरेको छ ।
अटल समर्पण र ग्राहक समर्थन
बीवाईडीको ग्राहकप्रतिको अटल समर्पण र ग्राहक समर्थनले यसमा महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्षको तुलनामा ९६.२ प्रतिशतको आम्दानी वृद्धि गरेर कम्पनीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । न्यु इनर्जी सोलुसन उपलब्ध गराउने र हरित तथा दिगो विकास उपलब्ध गराउने प्रतिबद्धताले समेत यसमा भूमिका खेलेको बताएको छ ।
न्यु इनर्जी भेइकलतिर रुपान्तरणको नेतृत्व
विश्वकै सबैभन्दा ठूलो न्यु इनर्जी भेइकल निर्माता कम्पनीको रुपमा बीवाईडीले भिजनरी हाई–टेक व्यवसाय मात्र संचालन नगरी वातावरणीय तथा सामाजिक क्षेत्रलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । बीवाईडीले पछिल्लो समयमा विकास भइरहेका ब्लेड ब्याट्री, डीएम–आई सुपर हाइब्रिड टेक्नोलोजी र ई–प्लेटफर्म लगायतका अत्याधुनिक प्रविधिहरु प्रयोग गरी अटोमोबाइल, रेल ट्रान्जिट, न्यु इनर्जी र इलेक्ट्रोनिक्स लगायतका व्यवसाय गरिरहेको छ ।
तथ्यांकले समेत यो कुरालाई प्रमाणित गर्छ । सन् २०२२ मा बीवाईडीले १८ लाख ६० हजार प्यासेन्जर भेइकल बिक्री गरेको थियो भने २०२३ को पहिलो हाफमा १२ लाख ५० हजार इलेक्ट्रिक भेइकल बिक्री गरिसकेको छ ।
विश्वव्यापी विस्तार र सहयोग
विश्वका ६ महादेशका ७० देश र ४०० सहरमा बीवाईडीको सेवा विस्तार भएको छ । विभिन्न ग्लोबल पार्टनरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धामा समेत कम्पनी सहभागी भइरहेको छ ।
‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ पहल
बीवाईडीले ‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ का लागि पहल समेत गरिरहेको छ । जीवनस्तर र दिगो समाज विकासका लागि यो एक महत्वपूर्ण कदम हो । अत्याधुनिक न्यु इनर्जी सोलुसन उपलब्ध गराउने कम्पनीको यस प्रकारको प्रतिबद्धताले पनि फर्चुन ग्लोबल ५०० सूचीमा अगाडि बढाउन कम्पनीलाई सहयोग पुगेको मान्न सकिन्छ ।
एउटा कम्प्लिट सप्लाई चेन
बीवाईडीले कार मात्र उत्पादन गर्दैैन । बीवाईडीले लिथियम माइन्स र प्रोसेसिङ देखि ब्याट्री उत्पादन तथा इन–हाउस कम्प्युटर चिप युनिट सम्मको फुल सप्लाई चेन स्थापित गरेको छ । यो वाहेक फिनिस्ड प्रोडक्टलाई दक्षतापूर्वक निर्यात गर्नका लागि सबै सुविधा भएको कार सिपिङ अपरेसन समेत विकास गरिरहेको छ ।
ईभी बिक्रीमा रेकर्ड ब्रेक
बीवाईडीले लगातार रुपमा प्रत्येक महिना ईभी बिक्रीमा पहिले भन्दा बढी बिक्री गरी रेकर्ड कायम गरिरहेको छ । पछिल्लो जुलाई महिनामा समेत यही निरन्तरता कायम गरी लगातार तेस्रो महिनामा रेकर्ड ब्रेक गरिरहेको छ ।
प्राविधिक प्रगति र दिगो अभ्यासको प्रतिबद्धता
न्यु इनर्जी भेइकल उद्योगमा नेतृत्व गर्ने कार्यमा लगातार लागिरहेको कारण बीवाईडीका लागि प्राविधिक प्रगति र दिगो अभ्यासको प्रतिबद्धता अपरिहार्य छ । कम्पनीले प्राप्त गरिरहेको उच्चतम उपलब्धि र हरित भविष्यतिरको लगातारको प्रयासले आगामी दिनमा हाई–टेक र सस्टेनेबल मोबिलिटी सेक्टरमा ग्लोबल लिडर बनाउने अपेक्षा गर्न सकिन्छ ।
फर्चुन ग्लोबल ५०० को सूची अन्तर्गत २१२ नम्बरमा पर्नु बीवाईडीको असाधारण वृद्धि र न्यु इनर्जी सोलुसन उपलब्ध गराउने प्रतिबद्धताको परिणाम हो । यही क्षेत्रमा लगातार रहेर आगामी दिनमा समेत न्यु इनर्जी भेइकल उद्योगलाई माथि उठाउने र नयाँ पुस्ताका लागि हरित ग्रह बनाउने कार्यमा योगदान गर्न बीवाईडी प्रतिबद्ध भएको बताएको छ ।
बीवाईडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहदै आएको छ । सो ब्रान्डलाई नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले उपलब्ध गराउदै आएको छ ।
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली...
नेपाली बजारमा अहिले इलेक्ट्रिक कारको क्रेज बढ्दै गएको छ । चालु आर्थिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...