ईभी आयातमा रेकर्ड ब्रेक : गत आर्थिक वर्षमा भित्रिए ४ हजार बढी इलेक्ट्रिक सवारी

काठमाडौं – गत आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन भित्रिएका छन् । यो अहिले सम्मकै सबैभन्दा बढी संख्या हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सो तथ्य वाहिरिएको हो । असार मसान्त सम्म भित्रिएका इलेक्ट्रिक सवारी साधन मध्ये सबैभन्दा बढी अर्थात ४ हजार ३१ युनिट १०० किलोवाट सम्मका इलेक्ट्रिक कार, जिप र भ्यान छन् । त्यसैगरी १०१ देखि २०० किलोवाट सम्मका १५ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ४ युनिट रहेका छन् ।

यो भन्दा पहिले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ युनिट मात्र इलेक्ट्रिक सवारी साधन भित्रिएका थिए ।

यो भन्दा पहिले आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा २ सय ६१ युनिट कार, जिप र भ्यान भित्रिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा कुल ४८१ विद्युतीय सवारी साधन भित्रिएका थिए ।

नेपालमा चालु अर्थिक वर्षको साउन महिनामा २११, भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।

त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए । जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । असार महिनामा भने १८० विद्युतीय कार, जिप र भ्यान मात्र भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

रसुवा – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार...

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

नक्कलमा अक्कल : शाओमी एसयु७ को कपि ‘रेडमी एसयु७’ देखियो चीनमा

नक्कलमा अक्कल : शाओमी एसयु७ को कपि ‘रेडमी एसयु७’ देखियो चीनमा

चाइनिज कम्पनीहरु नक्कल गर्नमा पनि माहिर मानिन्छन् । यसै सन्दर्भमा हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...