गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान
काठमाडौँ – यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल...
काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक 'द्रुत बस' सेवा सञ्चालन गर्ने भएको छ।
उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए।
भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेकाे मन्त्री ज्वालाले बताएका छन् । उनले आगामी असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन जानकारी दिए ।
पहिलो चरणमा द्रुत बस सेवा अत्याधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए।
द्रुत बस सञ्चालन भएपछि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौं, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।
द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने मन्त्रालयको भनाइ छ। यस्तो बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न सकिनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...