गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान
काठमाडौँ – यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल...
काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा तीन दिने ईभी एक्स्पो २०८० हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा भाद्र १५ गतेदेखि १७ गते एक्स्पो हुने भएको हो ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा सयभन्दा बढी कम्पनीहरूको सहभागिता र १ सय ५० भन्दा बढी ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने उक्त एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले बताए ।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् ।
हालका दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीको बिक्री भएकाले यस एक्स्पोले थप प्रोत्साहन गर्ने सापकोटाले बताए ।
नाडा अटो शोभन्दा पहिले ईभी एक्स्पो हुन लागेको हो । नाडा अटो शो भदौ २६ गतेदेखि ३१ गतेसम्म हुँदै छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...